Saturday, May 21, 2011

प्रसंग कतिपय

ट्यांङ्र्‍याङ्ग ! एक्कासी यो आवाजले तन्द्राबाट ब्युँझदाँ कोटेश्वर पुगिएको रहेछ । गाडिमा म छेउमा बसेका अर्का यात्रु मलाई ठेल्दै झ्यालबाट हेर्न खोज्दै थिए । के भएको रहेछ भने मैले पनि झ्याल छोडिदिएँ र आफुले पनि बाहिर हेर्ने प्रयास गरेँ । मेरो मिठो तन्द्रा भंग हुने गरी आएको त्यो आवाज एकजना साना काँक्रा व्यापारी भाईको थाल खसेको रहेछ । पछाडिबाट एकजना महिलाले उनलाई ठूलो लट्ठीले झटारो हानेकी रहिछन् । थालसँगै त्यसमा रहेका दुई चिरा कांक्रा र अचारको बटुको पनि भुइमा खस्यो । ती महिला खै के के भन्दै ती साना भाईलाई गाली गर्दै थिइन । बाटोमा झरेको काँक्रा टिप्न वरपर छरिएका बालबालीकाबीच तछाड मछाड हुन थाल्यो । तर काँक्रा भने तीनै भाइले टिप्न पाए । काँक्रा टिपेर उनी आफ्नो बाटो लागे । गल्ति के थियो उनै जानुन अरु हेरेको हेर्यै भए ।
रत्नपार्कमा सन्जोग दाई र सारदाले गाडि चढाइदिएपछि सन्जोग दाईले किनिदिएको फीरफीरे घुमाउँदै दंग पर्दै आउँदै थिएँ कतिबेला निदाएकी थिएँ । तर यो दृश्यले मन त्यसै त्यसै भारी भइदियो । त्यसमा अर्को दृश्य थपियो जसले मन साहृै अमिलो पार्यो । कोटेश्वरमा देखिने दृश्य हो यो । प्रायस म यसको दर्शक बन्ने गरेको छु तर मुक ।
सडक बालबालीकाको एउटा समूह यी सडकमा बेपरवाह हिँडिरहेका हुन्छन् । कोहि डेन्ड्राइट सुँघ्दै , कोहि चुरोट तान्दै , कोहि के गर्दै कोहि के गर्दै । मलाई यहाँको एउटा दृश्यले केहि समय यता नराम्रोसँग निमोठेको छ । यस्ता बालबालीका यस अघि मैले नदेखेको हैन धेरै देखेको छु । धेरैसँग बात मारेको छु धेरैलाई २ । ४ रुपैयाँ दिएको छु तर यहाँको दृश्य अलि फरक छ । यहाँ मैले देखेका बालबालीका चुरोट मात्र खाँदैनन, डेन्ड्राइट मात्र सुँघ्दैनन् उनीहरु पक्का जुवाडेले जस्तो तास खेल्छन् । वरपर बस्छन् खाली पेटीमा । फोहोमा जीवन खोज्ने उनीहरुलाई त्यसको के मतलब भुँइमा केहि नओछ्याई बसेका उनीहरु बीचमा ओछ्याइएको पछ्यौरामा तास बाँड्छन् । लाग्छ उनीहरुका लागी आफु भन्दा तास सफा र सुरक्षित राख्नु आवश्यक छ । उनीहरुले तास फिटेको देख्दा लाग्छ उनीहरु व्यसायीक जुवाडे हुन् । तीनै तासका एक्का र दुकी भन्दा बढी अक्षर सायदै चिनेका होलान् । उनीहरु कसरी यो शहरमा आइपुगे - किन आए - कोसँग आए - पढ्ने रहर होला नहोला - यीनै प्रश्नले मथिङ्खल हल्लाउँछ । म फर्किएर मेरो बाल्यअवस्थामा पुग्छु जतिबेला मलाई मेरा एकजना दाजुले मलाई र अर्का दाजुले मेरो ब्याग बोकेर मलाई स्कुल पुर्याउनुहुन्थ्यो । औँला समाएर बुवासँगै पसल गएको हजुरबुवाको मुखबाट सुपारी झिकेर खाएको, दिदीसँग गट्टा खेलेको, बहिनीसँग पुतलि खेलेको । म कृतज्ञ हुन्छु मेरो दाजु दिदी , आमा, बुवा , बहिनी प्रति जसले मेरो बाल्यवस्थाका कुनैपनि पललाई खेर फाल्न दिएनन् र मलाई यो अवस्थामा पुग्न सफल भएँ । म फेरी त्यहि सडकमा आँखा डोर्याउँछु घुँडा भन्दा मुनिसम्म झुण्डिएको मैलो टिर्सट, लामो जिन्स पाइन्ट दर्जनौँ पटक सायद दोबारिएको, सिंगान मुख सम्म बगेको पुछ्ने अत्तो छैन तर औँलामा चुरोट च्यापिएको छ । मसिना औँलामा च्यापिएका चुरोटले मनैसम्म पोल्छ । पिरो हुन्छ । आँखाका कुनाबाट लुकेर आँसु र्झन खोज्छन् । दुबै आँखा टम्म पार्छु हठात् हातमा रहेको फिरफिरे हेर्छु मज्जाले घुमेको छ । फेरी दंग पर्छु यो फीरफीरे हावा चल्दा मज्जाले घुम्छ । जति जोडले हावा लाग्यो त्यति जोडले यो घुम्छ । यी सडकमा घुमिरहेका बालबालीकाको जीवनमा पनि कुनैदिन यस्तै जोडले हावा लाग्ला अनि उनीहरु त्यहि हावामा बहँदै कतै पुग्लान । समयको चक्कामा उनीहरुको जीन्दगीको गाडीपनि घुम्ला नी सकारात्मक गन्तब्यतिर । आशा गरौँ ।

8 comments:

  1. majjaako flow laagyo ..... plot kunai naulo ta haina .... but presentation ko laagi salaaam chha baju laaii .... majjaa aayo padhnu maa .....

    ReplyDelete
  2. लेख मार्मिक छ । के यो साँच्चै भोगिएकै घटनाक्रम हो कि लेखाइलाई जिवन्त राख्न यसो गरिएको हो । जे भएपनि हृदयस्पर्शी छ लेख र घटनाक्रम दुबै ।

    ReplyDelete
  3. घटना र उल्लिखित विवरण सहि नै हुन लेखलाई जीवन्त राख्न यस्तो द्रिस्यको कल्पना गर्न सायदै गाह्रो हुन्छ मेरा लागि !! thank you both of my dear brothers for words of appreciation !!

    ReplyDelete
  4. मलाई पनि मन छुने नै लाग्यो है तपाईँको प्रस्तुति शैली । के हामी त्यस्तो अवस्थामा मुक दर्शक बन्ने बाहेक केही गर्न सक्छौ र ?

    ReplyDelete
  5. Rubina ji, tapaiko lekh sarhai nai marmik lagyo, ani presentation pani. Tara dherai varsha Nepal bahira basekole ho ki Nepali birsiye jast lagchha. Tyo Kritaghna shabdako artha the grateful hunna ni haian ra, tyasko badalama tyahan Kritagya hunuparne ho ki jasto lagyo. Huna sakchha maile Nepali bhasha birsiye, tara pani plase mero manko shantiko lagi sabdakosh heridinuhunchha ki, please. Tyaso garidinubhaye sunama sugandha hune thiyo.

    ReplyDelete
  6. This comment has been removed by the author.

    ReplyDelete
  7. "फोहोरमा जीवन खोज्ने उनीहरुलाई त्यसको के मतलब, भुँइमा केही नओछ्याई बसेका उनीहरु, बीचमा ओछ्याइएको पछ्यौरामा तास बाँड्छन् । लाग्छ- उनीहरुका लागि आफूभन्दा तास सफा र सुरक्षित राख्नु आवश्यक छ ।"
    कारुणिक छ पोस्ट । यस्तै लेखोट आउँदै गरोस् । समयको चक्कामा घुम्दै तिनको पैंतालाले जीवनको सही लिक भेटोस् । आशा मात्र होइन, कामना गरौं ।

    ReplyDelete
  8. एउटै चित्रलाई पनि फरक फरक आँखाले हेर्दा चित्रको भाव फरक हुन सक्छ । देखेकै कुराहरु नया भावमा आए । Nice Post.
    (कृतघ्न र कृतज्ञ विपरितार्थि शब्दहरु हुन् । 'कृतघ्न'ले Ungrateful जनाउँछ भने 'कृतज्ञ'ले Thankful/Grateful भन्ने जनाउँछ । )

    ReplyDelete