Saturday, January 8, 2011

SAMYOG

केहिदिन अघि फेसबुकको स्टाटसमा लेखेको थिएँ अक्षस्वर महाविहारको फेदीमा बस्ने ती वृद्धको बारेमा आज थाहा पाए उनको मृत्यु भएछ । म अवाक भएँ । मैले उनको मृत्युको कामना किन गरेँ वा गरेको थिइन । मैले लेखेको थिएँ उनी जीवनका अन्तिम घडि गन्दै होलान् की अझै बाँच्ने आशा गर्दै होलान् । मैले लेखेको थिएँ उनी जीवनप्रति कृत३न होलान की निराश -- अनि मैले लेखेको थिएँ उनले जीवनबाट के आशा गरेका थिए होलान् अििन के पाए होलान् । हो पक्कैपनि यसमा मैले उनको मृत्युको कामना गरेको थिइन तर उनको जीवन देखेर विरक्तिएको पक्कै थिएँ अनि सोचेको थिएँ यो चीसोमा जस्तापाताले घेरिएको अस्थाई संसारमा कसरी दिन विताउलान वा पर्दैन उनले यो चीसो सहनु । हो मेरो पछिल्लो सोचाई सहि निस्क्यो । फेसबुक स्टाटस अपडेट गरेको तीनदिन पछि फेरी अफिस जाँदा मैले त्यो जस्तापाताको संसारबाट झुत्रा झाम्रा निकाल्दै गरिएको दृश्य देखेँ । मनमा चिसो पस्यो । झुत्रा कपडा अनि च्यातिएका टालाटुली देखेर मनमनै लेखेँ धुजा धुजा भइसकेको जीन्दगी कति टाल्छो भो छोडिदेउ अब जीन्दगीको मोह छोड टाल्न च्यातिएको जिन्दगी । अफिस पुगेर सबैले सुन्ने गरी भने ती बुढा मरे कि क्या हो - अलि असभ्य पक्कै सुनियो तर हामीले प्रयोग गर्ने भाष सभ्य कहाँनै पो हुन्छ र - साथीहरु मध्य कसैले भन्नुभए थ्यो मरे पनि होलान चिसोमा । र आज अफिस जाँदै गर्दा अफिस नजिकैका एकजना भाईलाई सोधेँ अनि खबर सुनाए । दिक्क लाग्यो । तर फेरी झट्ट सोचेँ दुनियाँको अगाडि विचरा भएर बस्नु भन्दा मर्नु बेस हैन र - अब यो जाडोमा उसले कसैकौ सहयोगमा दाउरा बाल्नुपर्नेछैन । छाक र्टार्न सकि नसकि चामल जोह गर्दै हिँड्नुपर्नेछैन । अनि छेउमै आरामको जिन्दगी विताइरहेका छोरा बुहारीले बुढा बाउको विजोग देख्नुपर्ने छैन । हरेक दिन उनलाई छिचालेर म कार्यालय जाँदा म मेरो भविष्य चिन्तन गर्न बाध्य हुन्थेँ भोली हाम्रो जीवन पनि यस्तै हुने त हो । त्यो सुदुर भविष्य पनि हुन सक्छ अनि भोली नै पनि हुनसक्छ । भोली कसले देखेको छ र - आज मरे भोली दर्ुइदिन मरी लानु केनै पो छ र - अक्सर म भन्ने गर्छु अब सायद मैले यसो सोच्नुपर्नेछैन प्रत्येक दिन । उ मरीसकेको छ । उसको आत्माको चीर शान्तीको कामना ।