Sunday, September 18, 2011

BHUKAMPA SAMBAAD

राजधानी लगायत बिभिन्न स्थानमा भुकम्प गएको भोलिपल्ट बिहान ( 2068-6-2) साथीसँग भएको रमाइलो सम्बाद

Binu: oe kanchi
me: vana thuldidi
Binu: k 6 khabar ?
me: bache ni
Binu: hi hi
bhaggyata baliyo ho
gharmai ping khelna payau
dashin ko mukh maa
me: aamma ho ni
khappar ta dhunga kai raichha ni
tetro bhuichalole ni hallayena
nai gharma thina
tyo banesworko thulo building agadi thiye
Binu: kathai natra hijo diuso ko hamro kura antim huna pani k ber hunthyo ra ?
me: launa ni ho ni
timro ta khappar jhan baliyo hunthyo
antim palta ma sanga kura gareko sansmaran lekhna pautheu
Binu: hihi
tyo pani changa sambad !
me: hahha
:)
Binu: :-o

सम्भावना अझै बाँकी छ !!

कोहि डाक्टर भएर आउ
कोहि इन्जिनियर भएर आऊ
कोहि लेखक भएर आऊ
बनेको छैन देश भने बनाऊ
तर बनेन देश भनेर नरिसाउ
यी हरफ राष्ट्रकवि माधव प्रसाद घिमिरेका हुन् । देशको प्रतिकुल अवस्थाका कारण विरक्तिएर विदेश हानिएका र वातैपिच्छे देशलाई सराप्ने आम मानिसलाई लक्षित गरी कवि घिमिरेले यी हरफ कोरेका होलान सायद् । ‘यो देशमा कानुनै छैन । जसले जे गर्दापनि भएकै छ । नेता जति सब चोर भए । भ्रष्टाचार, घुसखोरीले मुलुक बिग्रियो । पढेर के गर्नु काम पाइने हैन’ यस्तै यस्तै गुनासाहरु, असन्तुष्टिका स्वरहरु सुनिन थालेको धेरै भइसक्यो । यीनै स्वरहरुका लागी एउटा आह्वान हुनसक्छ कवि घिमिरेका यी हरफ । ‘कति गालि गर्छौ नेतालाई सरकारलाई, देशलाई, छोड गाली गर्न र आफ्नो काम गर ।’ हुन पनि हो सन्तुष्ट हुने कुनै ठाउँनै बाँकी छैन कि जस्तो भान पर्छ कहिले काहीँ । अखबारका पन्नाहरु खाली राजनीतिक दलका नेताहरुको खोक्रो आश्वासन र कहिले कार्यान्वयनमा नआउने प्रतिवद्धताले ढाकिएका हुन्छन् । बेरोजगारीको समस्या उस्तै गरी बढेको छ । दण्डहिनताले झन झन प्रश्रय पाउँदै गएको छ । दिन दुगुणा रात चौगुणा गरी वैदेशिक रोजगारी वा अन्य कुनै बहानामा विदेशीने युवाको संख्या बढेको छ । गरिबी यसरी बढेको छ की आफ्नै आमा बुवाले सन्तानको हत्या गर्नुपर्ने अवस्था सम्म आइसकेको छ । मानव बेचविखन, लागुऔषध तस्कर, चोरी, लुटपाट, अपहरणका घटना त सामान्य जस्तै हुन थालिसक्यो । विकास निर्माणका काम ठप्प प्राय छ । अनि सन्तुष्ट कसरी हुन सकिन्छ ? अनि डाइभर्सीटि भिसा (डिभी) भर्नेको संख्या किन नबढोस ? कोरिया काम गर्न जान चाहनेको संख्या किन नबढोस् ? सम्भावनाका ढोकाहरु सबै बन्द देखेपछि वैकल्पिक व्यवस्था त गर्नै प¥यो । तर के सम्भावनाको ढोकाहरु सबै बन्द भए त ? यो देशमा अब गर्न सकिने केहि छैन ? केहि हुन सक्दैन त ? पक्कैपनि देश रुपान्तरणको प्रक्रियामा छ । संक्रमणकालीन अवस्थाको फाइदा उठाउन कोहि पछि परेका छैनन्, चाहे ती नेता हुन् वा जनतानै ।
राजनीतिक अवस्था बिग्रिएको पक्कै छ र त्यसको प्रत्यक्ष वा परोक्ष प्रभाव हरेक क्षेत्रमा परिरहेको छ । पत्रकार रविन्द्र मिश्रको भनाई सापटि लिने हो भने ‘राजनीति कहाँ छैन आमाले बजारबाट किनेर ल्याउने सागमा पनि राजनीति घुसेको छ ।’ यति हुँदा हुँदैपनि अझै धेरै सम्भावनाहरु भने छन् । जहाँ इच्छा त्यहाँ उपाय । जब सम्म इच्छाशक्ति जीवित रहन्छ, तब सम्म सम्भावनाको ढोका बन्द हुँदैन । एउटा प्रश्न ः तपाई घरको वातावरण विग्रियो, कसिंगरले घर ढाक्यो भने के गर्नुुहुनछ ? घर छोडेर हिड्नुहुन्छ ? पक्कै पनि त्यसो गर्नुहुन्न होला । कसिंगर सफा गर्नुहुन्छ । घरझगडा वा अन्य कारणले घरायसी वातावरण बिग्रिएको छ भने त्यसलाई सल्ट्याउनतिर लाग्नुहुन्छ होला । त्यसो भए देश चाहिँ किन छोड्ने त । जब घरको समस्या समाधान गर्न घरका सबै सदस्य लागिपरिन्छ भने देशको समस्या सुल्झाउन भने किन एक अर्काको मुख ताक्ने ? देशलाई पनि एउटा घरनै सम्झौँ न के आपत्ति छ त्यसमा ? आफ्नो घर आफ्नो मुलुक । देशको समस्या हामी सबैमाझ घाम जस्तै छर्लंग छ । त्यो घरको समस्या भन्दा धेरै गुणा ठूलो छ । घरमा आउने समस्या त्यहि देशको समस्याको एक टुक्रामात्र होला सायद । शान्ति प्रक्रिया टुंगोमा पुग्ने निश्चित छैन । संविधान बन्छबन्दैन कुनै ठेगान छैन । अराजकताले पराकाष्ठा नाघिसक्यो । राजनीतिक अस्थिरताकै आडमा घटना परिघटना परिवर्तित भइरहेका छन् । यी साना समस्या हैनन् । तर शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता राष्ट्रिय समस्याहरुको हल हामीसँग छैन । त्यो हाम्रो पहुँचको कुरा हैन । तर के हामी त्यसो भन्दैमा चुप लागेर बस्ने ? गरुन न यी नेतालाई जे गर्नुछ भन्दै ? त्यसो पनि त हैन होला नी । अब सोच्ने बेला आएको छ । हामी के गर्न सक्छौँ ? संविधान निर्माणका लागी दबाब दिन संविधानसभा घेराउ गर्ने, दलका कार्यालयमा डेलिगेसन जाने, सिंहदरबारमा गएर धर्ना दिने । सडकमा टायर बाल्ने, ¥याली, जुलुस निकाल्ने ? हैन हामी यी केहि पनि नगर्ने । सरकारमाथि रचनात्मक दबाब सिर्जना गर्ने नाममा माथि उल्लेख गरिएका सबै काम भइसकेको छ । कुनै न कुनै समूहले यी कामहरु गरिसकेका छन् । कालो ब्यानर बोक्दैमा र कालोपट्टि बाँधेर काम गर्दैमा अनि धर्ना दिँदैमा र जुलुस निकाल्दैमा समस्या समाधान हुँदो रहेनछ भन्ने कुरा पनि सबैमा स्पष्ट भइसकेको छ ।
सबैभन्दा पहिलो कुरा हामी अरुमाथि दोष थुपार्ने काम बन्द गरिदिउँ । फलानाले यसो गरेन ढिस्कानाले यसो गर्छु भनेको थियो गफै मात्र दियो गरेन । यसो भन्न बन्द गरौँ । हामी आफूले के गर्न सक्छौँ, त्यसमा पूर्ण ध्यान केन्द्रित गरौँ । हो प्रश्न आउँछ अवस्य म एक्लैले के नै गर्न सक्छु र ? तर सबैले यस्तै सोच्ने हो भने सबैजना एक्लैनै हुन्छन् । हामी ठूला कुरा नसोचौँ । राष्ट्र निर्माण र राष्ट्रको समस्या हल गर्ने भन्दैमा पुल पुलेसा बनाउन लागिपर्नुपर्छ, नारा जुलुस लगाउँदै, भाषण गर्दै हिँड्नुपर्छ भन्ने छैन । हामीले गर्ने साना साना कामले पनि धेरै हदसम्म सहयोग पुगिरहेको हुन्छ । हामी समाजको अंग भएको नाताले हामीले गर्ने हरेक गतिविधिले समाजमा छाप छोडेको हुन्छ । उदाहरणको लागी अहिलेको जल्दो बल्दो समस्या लोडसेडिंगलाई लिउँ न । साताको १८ घण्टा लोडसेडिंग हुन्छ । अब यसको समाधान त हामीसँग छैन । विद्युत प्राधिकरणमा गएर झ्यालका सिसा फुटाउँदैमा बत्ति आउने हैन । बरु उल्टो क्षति पुग्छ । तर हामी के गर्न सक्छौँ भने अनावश्यक समयमा विजुली नबालेर त्यसको सन्चय त गर्न सक्छौँ नी । जापानको एउटा घटनाबाट हामीले पाठ किन नसिक्ने ? जब त्यहाँ भुकम्प र सुनामीले विद्युत आपूर्तिमा कटौति गरियो, त्यसबखत त्यहाँका जनताले सरकारी आह्वान विनानै विद्युतीय उपकरणको प्रयोगमा कमि ल्याएका थिए । तर हामीले त्यसतर्फ कहिले ध्यान दिएनौँ । हामी धेरैनै सुविधाभोगी भएका छौँ । हामीलाई घरभरी उज्यालो हुने गरी विजुली बाल्नुपरेको छ । कति सम्म भने घरमा कोहि नभएको अवस्थामा पनि पंखा, विजुली, फ्रिज लगायत उपकरण खुल्ला छोडेका हुन्छौँ । हामी भन्छौँ हाम्रो जाने हैन सरकारको जाने त होनी । पैसा तिरेको छँदैछ क्यारे । त्यति मात्र हैन चुहावट नियन्त्रण गर्न सकेन भनेर प्रधाकिरणलाई सराप्ने हामी उल्टो लाइन चोरेर बत्ति बालिरहेका हुन्छौँ । के तपाई हाम्रो दायित्व भित्र पर्दैन यसलाई नियन्त्रण गर्ने ? घर छिमेकमा यस्ता कार्य कसैले गर्छन भने त्यसको बारेमा प्रहरी वा स्थानिय प्रशासनमा किन जानकारी नगराउने ? तर हामी त्यो गर्दैनौँ किनभने डर छ नी भोलि हामीबाट केहि गल्ति भइहाल्यो वा यस्तै नियमविपरितका केहि काम कथम कदाचित गर्नुप¥यो भने साथ पाइने छैन । उसले आजको बदला भोलि लिनेछ ।
यति मात्र हैन हामी वातै पिच्छे देशमा कानुन छैन भनीरहेका हुन्छौँ । तर चुक्छौँ कहानेर भने सरकारले बनाएको कानुन पालना गर्नमा । हामी सामान्य भन्दा सामान्य नियम पालना गर्न समेत सकिरहेका छैनौँ । सोच्नुस त एक पटक, तपाईले जेब्रा क्रसिङबाट कतिपटक सडक पार गर्नुभएको छ । कति पटक सडक पार गर्न ओभरहेड ब्रिजको प्रयोग गर्नुभएको छ ? तोकिएको स्थानमा गाडि चढ्ने र ओर्लने काम कतिपटक गर्नुभएको छ ? त्यसको कार्यान्वयन कसले गर्ने ? के प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री आपैm त्यस्ता गतिविधिमा संलग्न मान्छेलाई कारवाहि गर्दै हिड्नु ? त्यो त सम्भव नहोला । कानुन बनाइसकेपछि पालना गर्ने काम त तपाई हाम्रो हो नी । अनि खोई त पालना गरेको ।
हालैको एउटा घटनालाई यहाँ प्रस्तुत गर्छु । मेरो छिमेकी गाउँमा बाटो बन्दै गर्दा अन्य गाउँका बासिन्दा पनि प्रभावित भए । बाटो बन्दा बन्दै बजेट फ्रिज भयो । बर्षाभरी बाटो हिलाम्मे भयो । सवारी साधन आवत जावत गर्न त परै जाखोस मान्छे मात्र हिँड्न पनि नहुने गरी उल्टो बन्दै गरेको बाटो बिग्रियो । बाटो हिँड्ने सबैले निर्माण कार्यको ठेक्का लिएका ठेकेदार र स्थानिय उपभोक्ता समितिलाई गाली गर्दै हिँडे । तर बाटो बनाउनतर्फ कसैको ध्यान गएन । सबैले बैकल्पिक बाटो प्रयोग गरे तर बन्दै गरेको बाटोमा कतैबाट गिटि बालुवा ल्याएर राख्ने र हिँड्न हुने बनाउनतर्फ कसैले काम गर्न सकेनन् ।

बोटो बिग्रियो सरकार, स्कुल भत्कियो सरकार, पहिरो गयो सरकार, दुर्घटना भयो सरकार, चोरी भयो सरकार, अपहरण वा हत्या भयो सरकार । सबैतिर सरकार । विकट पहाडि जिल्ला जुम्ला हुम्लामा पनि राज्यले केहि नगरेको गुनासो राजधानीमै पनि सरकारले केहि नगरेको गुनासो । यस्तो धेरै उदाहरण छन्, जहाँ हामी चुकेका छौँ र अर्काको मुख ताकेर बसेका हुन्छौँ । समग्रमा भन्नुपर्दा हामी धेरै आशे भएका छौँ । राजनीतिक दलका नेताहरु यसो गरिदिन्छौँ उसो गरिदिन्छौँ भनी आश देखाउछन् । विकासे कार्यक्रमहरु आउँछन,् त्यस्तै सपना देखाउछन् । अनि हामी सोच्छौँ सबै सरकारले गर्ने हो हाम्रो काम त उपभोग गर्ने मात्र हो ।
चिनले यस्तो विकास ग¥यो, भारत यस्तो बन्दैछ । कोरियाले कस्तो विकास गरिसक्यो । हाम्रो नेपाल भने जस्ताको तस्तै । ती देशका जनताले विकासको अनुभूति गर्नका लागी के गरेका थिए भन्ने कुरा न हामीलाई कसैले भने न हामी आफैले खोज्ने प्रयास नै गर्यौँ । कोरियाको प्रसंग यहाँ उल्लेख गर्न उचित सम्झन्छु ः त्यहाँका महिलाहरुले देशको पूर्वाधार विकासका लागी आफ्नो गर गहना धितो राखेका थिए । चिनीयाँ जनता कति खटेर काम गर्छन भन्ने कुरा यहाँ उल्लेख गर्नु नपर्ला । उनीहरु श्रमलाई सम्मान गर्छन । उनीहरु एक्लैले गर्ने कामका लागी हाम्रो एउटा ठूलो समूहनै आवश्यक पर्छ । तर हामीमा श्रमलाई सम्मान गर्ने परिपाटिको विकास नै हुन सकेको छैन । जापानी नागरिक १८ घण्टा काम गर्छन भन्ने नसुन्ने कमै होलान्, हामी ती कुरा केवल सुन्छौँ मात्र आफू त्यसो गर्न सक्दैनौँ । अरु त अरु हामी सरकारले बनाइदिएको संरचनाको समेत संरक्षण गर्न सक्दैनौँ । सरकारले बाटो बनाइदिन्छ यदि भत्किएको खण्डमा हामी त्यसलाई पुनर्निर्माण गर्दैनौँ । खानेपानीका लागी पाइप विच्छ्याइदिन्छ कतै फुटेको खण्डमा त्यसलाई टाल्ने काम सम्म गर्दैनौँ बरु कमसल पाइप राखिदिएछ भनेर उल्टो सरकारलाई गाली गछौँ ।

जथाभावि फोहोर नफाले शहर सफा हुन्छ यो भर्खर जन्मेको बालकलाई पनि थाहा हुन्छ । तर हामीलाई जतापायो त्यतै फोहोर नफाली चित्तै बुझ्दैन । कन्टेरमा फोहोर फालेर सभ्य नागरिकको पहिचान किन दिनु ? कसलाई देखाउनु छ र ? शायद यस्तै सोच्छौँ हामी । हामी कति सम्म निकृष्ट भइसकेका छौँ भने मन्दिर परिसरमा शौच गर्छौँ अनि मन्दिरमा पूजा गर्छौँ । अब आफै विचार गर्नुस हामी कतिसम्म जिम्मेवार छौँ ? आफैप्रति, समाजप्रति र देशप्रति । आफ्नै आगन फोहोर हुँदा पनि हुरी आइ फोहोर उडाउला भनेर पर्खिन सक्छौँ, त्यसको दुर्गन्ध सहन सक्छौँ तर बडार्दैनौँ ।
अरुलाई गाली गर्ने समय केहि रचनात्मक काममा लगाउने हो भने अवश्य पनि विकासको ढोका खुल्छ । धेरै नसहि तर केहि न केहि त सहयोग पुग्छनी । एकैछिन कवि घिमिरेका हरफ तर्फ फर्किउँ न । हामी सबैमा एउटा न एउटा खुवी त पक्कै छ । कोहि कवि हुन सक्छौँ । डक्टर इन्जिनि

यर, सिकर्मी, डकर्मी, जे सुकै । हरेक मानिससँग केहि न केहि सक्षमता त पक्कै हुन्छ । भन्छन् नी प्रकृतिले सबैलाई बराबरी क्षमता बाँढेका हुन्छन्, त्यसलाई चिनेर तिखार्ने माझ्ने काम भने उनले हामी मानिसमाथिनै छोडेका हुन्छन् । तर हामी ती खुवी क्षमतालाई पहिल्याउने कोसिसनै गरिरहेका हुँदैनौँ । यदि आफूभित्रको क्षमता पहिल्याउने हो भने बादलमा चाँदीको घेरा कसो नलाग्ला ? समाज रुपान्तरणको लागि हरेकले आफ्नो स्थानबाट प्रयास गर्नु भने आवश्यक छ । देशका हरेक नागरिकको काँधमा देश बनाउने जिम्मेवारी छ । हरेक नागरिकले आफ्नो स्थानबाट प्रयास गरौँ न, चाहे त्यो प्रयासले नतिजा सकारात्मक ल्याओस नल्याओस प्रयास गर्दैमा केहि बिग्रिदैन होला नी ।

Thursday, September 15, 2011

हामीलाई पढ्न देउ !!


विहानै स्कुल हिँडेको म
बाटो बन्द थियो
बीच बाटै फर्किएँ
ठूला ठूला दाईहरु बाटो छेकेर बस्नुभको थ्यो
ठूला ठूला मुढा बाटोमा तेस्र्याइएका थिए
टायर बालिएको थियो
छि कस्तो फोहोर गरेको बाटोमा
टायरको धुलोले सासै फेर्न गारो भो
खै के पो भयो रे
कसले कसलाई कुट्यो रे
दाईहरुको क्याम्पसमा खै पैसा धेरै लियो रे
अनि नी गाडिको भाडा बढायो रे
अनि आन्दोलन गरेको रे
कस्तो होला
अनि हाम्लाई चाहि किन छेकेको त
हाम्लाई त स्कुल जान देको भए हुने नी है
अस्तिनै नेताजीहरुले विद्यालयलाई शान्ती क्षेत्र भन्नुभको
अनी सरहरुले पनि त्यस्तै भन्नुभको
लौ कस्तो होला
थाहा छ हाम्रो स्कुलमा त सरहरु पनि आन्दोलनमा
कालो पट्टि बाँधेर हिजो पढाउनुभको थियो
प्रधानाध्यापक सरको कोठामा त यत्रो भोटे ताल्चा थियो
आज त सरहरुले नपढाउने रे
सरहरुलाई तलब धेरै चाहियो रे
धेरै सुविधा चाहियो रे
किन होला है हाम्लाई चाहिँ नपढाएको ?
सरहरु त ठूलो मान्छे हैन ?
हाम्लाई झगडा गर्न हुन्न
आफ्नो खुशिका लागी अरुलाई दुःख दिन हुन्न भन्नुहुन्छ
अनि किन हाम्लाई दुःख देको त
हामी त पढ्न पाउँदा पो खुशि हुन्छम त
कस्तो होला
त्यति ठूलो भएर पनि नेताहरु चाहिँ आफु आफुमा झगडा मात्र गर्ने
हामी त स्कुलमा मिलेर खेल्छम
जे पनि मिलेर गर्छम
त्यति पनि था छैन
मिलेर गर्यो भने जे पनि ठिक हुन्छ भनेर कस्तो था नपाको
नराम्रो काम गर्न जति सबै बद्मास हुन्छन् रे
दाई दिदी पनि बद्मास
सरहरु पनि बद्मास
ह्या नेताहरु त झन धेरै बद्मास
बाबाले भनेको नेताहरुले गर्दा नै सबै काम बिग्रेको हो रे
जे भएपनि स्कुल त जान दिनु नी
बाटो किन बन्द गरेको ?
बाटोमा समाधान हुन्छ ?
स्कुलमा ताल्चा लगाएर नी पैसा धेरै पाइन्छ त ?
स्कुल बन्द गरेपछि हामीले कसरी पढ्ने
कसरी मान्छे बन्ने
कसरी असल कुरा सिक्ने
अनी हामी कसरी धेरै ज्ञानी हुने ?
अब हाम्लाई पढ्न दिनुस न है
हामी पढेर साँच्चिकै ज्ञानी हुन्छम
मान्छे हुन्छम
असल मान्छे हुन्छम
साँच्चि असल सर मिस हुन्छम
अनि असल नेता पनि हुन्छम


सन्दर्भ राष्ट्रिय बालदिवस २०६८