Tuesday, April 5, 2011

म प्रेम गर्छु

ऊ हरेक पटक
रंग फेरीरहन्छ
कैले कालो हुन्छ
कैले चाँदी जस्तो सेतो
कैले रातो हुन्छ
कैले निलो
उसको त्यहि बानीनै प्रिय लाग्छन् मलाई

ऊ कहिल्यै मसँग बोल्दैन
मलाई हेर्छ वा हेर्दैन थाहा छैन
ऊ अनन्त आकाशमा दौडिरहेको हुन्छ
मुस्कुराई रहन्छ
पहाडको घुम्टि बनेर
सूर्यको तेजिलो किरण छेक्दै गर्दा
ऊ लाजले रातो पिरो हुन्छ
मलाई उसको त्यो लजालु मुस्कान प्रिय लाग्छ
ऊ लजाउँदै गर्दा म स्वयम लाजले चुर चुर हुन्छु

जुनेली रातमा तारासँग प्रिति साट्छ
जुनसँग सम्वाद गर्छ
लुकामारी खेल्छ
प्रेमिल वार्तालाप गर्छ जुनसंग

म चुपचाप
सब हेरीबस्छु
मलाई औडाहा हुन्छ
छटपटि हुन्छ
इश्र्याले चुर हुन्छु म
र सोच्छु
म पनि त्यो पहाड हुँदो हुँ त
मलाई पनि छोप्थ्यो होला
म चाँदनी घेरा हुन पाए
ऊ रिसले कालो हुँदा उसलाई सजाउन पाउँथे होला
म सूर्य हुन पाए
मेरै प्रकाशले ऊ रातो हुन्थ्यो होला
अहो म जुन हुन पाए
दुनिया मस्त निदाएका बेला
रातभरी हामी गफिन्थ्यौँ होला
तारा हुन पाए उसकै मनभित्र लुकामारी खेल्थेँ
म आकाश हुँदी हुँ
त मेरो श्रृंगार बन्ने थियो
तर अफसोच
म ति क्यैपनि हैन
केवल इश्र्यालु प्राणी
टुक्रा टुक्रा बादललाई प्रेम गरीरहने ।।।