Monday, October 4, 2010

मेरी कल्पना...

दिनभरी भरी यात्रा गर्छिन
लामो यात्रा
गाउँ गाउँ घुम्छिन्
बस्ति बस्ति डुल्छिन्
डाँडा पाखा कन्दराहरु
खेतका आली आली
दोहोर्याइन क्रम आज पनि
तर
आज उनको यात्रा फरक रहृयो सायद
नितान्त फरक
उनको हर्षलुटिएको छ
खुशी हराएकेा छ
सून्य चेहरा
मौन ओठ
काँपेका हातहरु
अनि लर्खर्रार्एका पाइलाहरु
सँधै भन्दा अलग
मेरी कल्पना
आज जब दैलोबाट प्रवेश गरिन्
हातका जोश हराएको पाएँ
उमंगहरु रित्तिएछन्
मन विश्मित छ

म सँधै मौन रहेँ
उनको यात्रा बुझ्ने चेष्टा गरिन
जान्न खोजिनँ
सोधिन कहिल्यै सँधै आफै सुनाउँथिन
आफै बुझाउँथिन्
उनले डुलेका गाउँहरु , बस्तीहरु ्
गल्लीहरु , पाखाहरु अनि आलीहरु
मैले उनलाई कपुरी क सिकाएँ
उसलाई मैले इतिहास बुझाए
अनि उसलाई बुद्ध चिनाए
अनि उसलाई जित सिकाएँ
यस्तै अरु पनि के के केके
्म सुनिरहन्थेँ
यस्तै सिकाउँथिन् उनी
गाउँ गाउँमा घरघरमा
बस्ती बस्तीका साना लाला बालालाई
भन्थी
यीनै मेरा सपना हुन्
सुन्दर फूलका माला हुन्
मेरो भावी देश हुन् ।
भावी बुद्ध हुन्
शान्तीका वाहक हुन्
हरेक हातहरुलाई संर्घष्ा सिकाउँथिन्
पाइलाहरुलाई शिखरको बाटो डोर्याउँथिन्
भावी बुद्धलाई शान्ती गीत सिकाउँथिन्
हरेक भविष्यलाई जित सिकाउँथिन्
लौ आज के भो -
हिजो सम्म उत्साह थियो
यो देशका लागी आफुले जन्माउने कथाहरुमा
मरिमेट्ने आकांक्षाहरु भर्न चाहन्थिन
सायद आज उनको आशा भक्तिएको छ

के भो मेरी कल्पनालाई -
सोध्न विवश हुन्छु
उनी पोल्टा भित्र टाउको घुसार्छिन्
पिडाका ढिकाहरुले पोल्टो निथु्रक्क पार्छिन
मेरा औँलाहरु सान्त्वनाका शब्द बोल्छन्
बस नरोऊ
मान्दिनन्
लाग्छ साउनमा नबर्षोको बादल भदौमा बर्षोजस्तो
असंख्य पिडाहरुले एकैपटक थिचेजस्तो
चाहनाहरु जलेका छन्
इच्छाका घैलाहरु फुटेका छन्
धेरैबेर रुन्छिन्
थाक्छिन्
सुस्ताउँछिन्
टाउको उठाउँछिन्
अनि बोल्छिन्
आमा मेरो कपुरी क त जंगल पसेछ
त्रसित हुन्छु
आमा मैले पढाएको इतिहास अल्मलियो
अच्चम्मित हुन्छु
भोलीको लागी मैले जन्माएको बुद्ध
हिट्लर बन्यो
हिजोका बुद्ध त अनन्त आकाशमा बिलाएछन्
हिजो सम्म मेरो बुद्धले हेरिरहेजस्तो लाग्थ्यो
आज ती निर्जीव छन्
आज ती अजिव छन्
उनी त निठूरी भएछन् नी आमा
था छ आमा मैले सिकाएको सिक्ने
मैले भनेको सुन्ने सानासाना लाला बालाहरु
मेरा सपनाहरु
उत्सुकता पर्ूवक हर्ेर्ने आँखाहरु
आक्रामक नजर हत्याउँछन्
कसरी -
हिजोको आजै यस्तो कसरी -
खोई मेरो विश्वमा बन्धुत्व
खोई मेरो शान्ती गीत -
खोई मेरो यात्राको अर्थ -
लाला बालाका सुन्दर माला चुडिन्छ आमा
अब चुँडिन्छ
चुपचाप वाल्ल परेर हेरिरहन्छु
बस हेरिरहन्छु
उनी बोलीरहन्छु
यस्तो हुन म दिन्न
अहँ दिँदै दिन्न
मेरो कपुरी क गाउँ फर्काउँछु
अवश्य फर्काउँछु
कपोल कल्पित उज्यालो छुन
कालो छायाँ रोज्नेहरुलाई
वास्तविक उज्यालोमा फर्काउँछु
सपनाहरु फेरी बुन्छुु
इतिहासको नयाँ रेखा कोर्छर्ुुशिखर पुग्ने बाटो देखाउँछु
संर्घष्ा सिकाउँछु
उकालो चिनाउँछु
शानतीका ओजस्वी संगीत फेरी रच्छु
म फेरी त्यहि क्रम दोहोर्याउँछु
हिँड्छु
जब सम्म अर्को बुद्ध जन्मँदैन
एउटा र्सार्थक यात्रा हिँड्छु
म आल्हादित हुन्छु
कति दृढ छे मेरी कल्पना
कति उत्साहित छे मेरी कल्पना
सबका घरमा कल्पना हुँदी हो त कस्तो हुन्थ्यो होला -

created in 2062

कोमल प्राणहरु

यो कबिता झन्डै सात बर्ष अघी रचिएको हो बाल दिवसका लागि कबिता बाचन गर्ने समय भइसक्दा पनि सिर्सक नजुर्दा रुपेश दाइले सिर्शक जुराइ दिनु भएको हो कोमल प्राणहरु ...
..............................

यत्र तत्र गल्लि भित्र
आवाजहरु मडारिरहेका छन्
सुन्दर प्राणहरुका तोते बोलीहरु गुन्जिरहेका छन्
म ठूलो भएसी डक्टर बन्छु
म ठूलो भएसी इन्जिनियर बन्छु
म ठूलो भएसी पाइलट बन्छु
अनि यस्तै यस्तै बोलीहरु
.............................
तारा बाजी लैलै
चीँ मुसी चीँ
कखराको उच्चारणसँगै
स्वप्नील सुन्दर भविष्यप्रति लालायीत नयनहरु
हात हात समाई
गाउँ गाउँ, बस्ती बस्ती
शहर शहर अनि टोल टोल गर्दै
कदमहरु चाल्छन्
आफ्ना सुन्दर सपना पूरा गर्न
शान्तीको स्वागत गर्छन
अवसरको खोजी गर्छन
अधिकारको प्रयोग गर्छन् र्
कर्तव्यको पालना गर्छन्
अनि स्वप्निल भविष्य कोर्न बस्छन्
...................................
कि त छप् छप्
कित छम् छम्
पदचापहरु एउटै बनाई
कलिला हातका माला गाँसी हातेमालो गर्दै
एउटै गन्तब्यतिर
लामो यात्रामा लाग्छन्
कतै काँडा बिछ्याइएका होलान्
पन्छाउँछन्
कतै कुसंस्कारका अग्ला पर्खाल होलान्
संर्घष्ाले भत्काउँछन्
कतै अँध्याराहरु होलान्
उज्यालो मैनबत्ती बालेर
लामबद्ध भई हिँड्छन्
सिर्जनाका पाइलाहरु चाल्छन
.....................................

रामु कुष्ठरोगले पल्टिएछ
हर्के उसलाई चुम्बन गर्छ
माने पोलियोले कोल्टिएछ
कालु उसलाई हात दिन्छ
सानी कुपोषणले गलेकि छ
गोरी उसलाई अँगालो बर्ेर्छर्ेे.............................
लेकका आली टिपिक्क पार्छन्
बेँसीका खोली चिटिक्क पार्छन्
गैरी झर्ने बाटो सिनितत पार्छन
चौकुने आँगनमा फूल फूलाउँछन्
.................................
ए देश सुन
यी रामु हर्के अनि माने
कालु सानी अनि गोरी
त्रि्रा भविष्य हुन्
स्वणिर्म भविष्य
आफ्नो भविष्य आफै कोर्न
कलममा मसी पनि आफै भर्दैछन्
समाज विकासका मूल हुन्
त्यसैले हेर
दायाँ बायाँ, यता उती नियाँल समाज
कतै मैनबत्ति बाली उजिल्याएको समाज
आँधिलेअध्यारियो की
कतै सपना देख्ने आँखामा
बारुदी छिर्काले कालो पर्दा लाग्यो की
कतै बेँसीका खोली उर्लिए कि -
.............................
उर्लिउन्
कर्ुर्लिउन्
मतलब छैन
अघि बढ्छन्
हात हात समाई
कदम कदम लगाई
शिखर चढ्न आफ्नै बाटोतिर
................................

Monday, September 20, 2010

सपनाको कारखाना


सपनाको मेरो कारखाना
अनेकन सपनाहरु उत्पादन हुने क्रम जारी छ
केही ठुला सपना
केही साना सपना
केही राम्रा सपना
खरो
डरलाग्दा
दुस्वोप्न
सस्वोप्न
कहिले कुनै पारीकथा जस्ता
कहिले भुताहा बस्ती जस्तो
खन्डहर जस्तो
बगैचा जस्तो
भीर जस्तो
पाखो जस्तो
उर्लदो भेल जस्तो
सुकिसकेको खहरे जस्तो
कस्तो कस्तो
सपनाको कारखाना
उत्पादित सपनाहरु
म आँफै दङ्ग पर्छु
छक्क पर्छु
मुर्छित हुन्छु
दिक्क मान्छु
खुशी हुन्छु
दुखी हुन्छु
उफ्फ !!
कैले कैले कारीन्दाहरु आन्दोलनमा उत्रिदिन्छन
कार्खानाको दैलोमा भोटे ताल्चा ठोकिदिन्छन
कामै बन्द गरिदिन्छन
अनी म अवाक हुन्छु
यस्तै छ मेरो सपनाको कार्खाना
सपनाका बुट्यान्हरु
उम्रन्छन
हुर्किन्छन
फुल्छन
पहेलिन्छन
झर्छन
उखेलिन्छन........

Wednesday, September 15, 2010

बन्द कोठा

भातभुङ बिपना
च्यतिएका रहर
सिद्धिएका आसा
चुधिएको बन्धन
बन्द कोठा भित्र
थुनिएको अबोध भविस्य
सब्का लागि कथा बनेको
सपना
बिपना
रहर
आसा
बन्धन
................

Saturday, September 4, 2010

स्‍मृतिमा लम्जुङ

श्रावण १३ गते विहान काठमाण्डौँ छोड्दै गर्दा यो यात्राको संस्मरण गज्जबको हुन्छ लेख्नर्ुपर्छ भनेको थिएँ । दिवाकरले यात्रा संमरण लेखेर फेसबुकमार्फ ट्याग गरेपछि मैले सम्झेँ । त्यसपछि मैले पनि संस्मरण लेख्ने जमर्को गरेँ । थाहा छैन म अल्छि बबुरोलाई यो संस्मरण लेख्न कति दिन लाग्ने हो । यो संस्मरण साँच्चै संस्मरण हुन्छ या हुँदै त्यो त थाहा छैन । तर यति पक्का छ देहेर से आएगी मगर दुरुस्त आएगी । यो संस्मरणमा ती रमाइला कुनैपनि क्षण उल्लेख गर्न छुटाउने छैन । 
यसरी सुरु भयो यात्रा...
श्रावण १२ गते विहान मेरो ड्युटी चेन्ज भएको पहिलो दिन । १२ गतेबाट मलाई विहानी सिफ्टमा स्थानान्तरण गरिएको थियो र तद्अनुरुप विहान अफीसकै गाडीमा अफिस जाँदै थिएँ । लगभग आदी बाटो पुगेपछि मेरो मोवाइलको घण्टी बज्यो । हतपत मोबाइलमा फान नआउने मेरोमा त्यो दिन विहानै फोन आउँदा अचम्म लाग्नु स्वाविकै थियो त्यसमाथि नचिनेको नम्बर भनेर झ्याउ मानी मानी उठाएँ । फोनमा एकजना महिला मित्रले एक्कासी सोधनी भयो रुविना त्रि्रो एक्जाम कहिले  हो - आर्श्चर्यको सिमा रहने मैले तीनलाई जवाफ दिनु भन्दा पनि आज कति गने हो भन्नेतर्फपहिलो ध्यान केन्द्रित गरेँ एकछिन त म एक्जाम दिन जान विर्सर्ेेपो होकी जस्तो लाग्यो । १२ गते भन्ने थाहा पाएपछि अलि ढुक्क भएर आवाज चिन्ने कोशिश गरेँ सकिन पछि आफै परिचय दिइन् "म नीरिजना" । नीरिजना हातेमालो सञ्चारकी मेरी सहकर्मी पहिले केहि समय हामीले संगै काम गरेको । परिचय पछि म झन अचम्मीत भएँ एका विहानै उनले फोन गर्नुको कारण बुझ्न सकिने उनैले प्रष्ट्याइन  । "जीवनोपयोगी सिपको तालीम छ सहजकर्ताको आवश्यकता छ फर्ुसद छ -" उनको प्रश्न र्झन नपाउँदै मैले भने "फर्ुसद त छ तर १२ बजेपछि मात्र सेसन मिलाउन सकिन्छ त्यसरी भने म आउँछु ।" तर उनले फेरी थपिन् "हैन यार काठमाण्डौँमा भए त भैहाल्थ्यो बाहिर जानुपर्ने हो ।" उनले सबै कुरा भन्दा म अन्यौलमा परेँ जानुपर्ने रहेछ लम्जुङ्ग करिब १० दिन लाग्ने बताएपछि मैले अफिसमा छुटि मिलाउनुपर्ने लगायत कुरा गरेँ । उनले ११ बजेसम्म निर्ण्र्ाादिन भनीन् । म अन्यौलमा त त्यतिबेला परेँ जब थाहा पाए हामी हिन्नुपर्ने भोली पल्टै अर्थात १३ गते नै रहेछ । तैपनि धेरै अगाडिदेखि लमजुङ्ग जाने रहर पूरा हुनै लाग्दा विदा पाइन्छ की भन्ने केहि झिनो आशा सहित दिउँसो सम्ममा कन्र्फम गर्ने कुरा गरेँ ।  गोरखा र धुलिखेल पुगेर फर्किएको धेरै समय भएको थिएन । त्यहिभएर पनि विदा पाइदैन भन्नेमा लगभग निश्चित थिए । तैपनि के थाहा केहि भैहाल्छ की भनी सोध्ने आँट गरेँ । सुरुमा पाइदैन भन्ने जस्तो प्रतिक्रिया पाएपनि पछि जाने अनुमति पाएँ ।
अनुमति पाउनुअघिको बेचैनी अहिले सम्भिmदापनि अनौठो लाग्छ । लम्जुन गइन भने मेरो केके न छुट्ने जस्तो लागेेको थ्यो । साँच्चै एउटा सुनौलो अवसर थियो त्यो मेरो लागी । त्यसैले सोचे जान्न भन्नु भन्दा जाने प्रयास गर्नु राम्रो हो । निकै हतास महसुस पनि गरेँ सोचे अवसर पनि कहिलेकाही धेरै भए जस्तो लागदो रह्ेछ । अवसर पाउँदा विरक्तिने मान्छे निराशावाद हिो । यी र यस्ता अनेकन कुरा मनमा खेले । तैपनि मनमा आशा त छँदै थियो । निर्ण्र्ाामेरो पक्षमा भयो मैले जाने अनुमति पाएँ ।
आफु जाने पक्का भएपछि निरिजनालाई सो बारे जानकारी गराएँ र ३ बजे हातेमालोमा तयारीका लागी भेट्ने कुरा भयो । खुशिले हो वा मरो विर्सने बानीले मैले त्यो दिन हातेमलो पुग्ने बाटो पनि बिर्सिएँ १५ वा २० मिनेट लाग्ने बाटो मैले विराएर मज्जाले १ घण्टा घुमे अझै त्यतिले नभएर हातेमालोमै फाने गरेर पुग्ने बाटो सोधेँ । अगाडि पछाडिका मान्छे पनि हाँसेका थिए । हा.....हा....हा...।

करिब एकघण्टा रन्थनिएर म बल्ल बल्ल हातेमालो पुगेँ जहाँ मलाई नीरिजनाले ब्यंग्यात्मक भाषामा स्वागत गरीन आउनुस रुविना जी म त झन्डै लिन आएकी थिएँ । केहिबेरको गफगाफपछि तालिमको तयारी तर्फलाग्यौँ । दिवाकर म र नीरि मिलेर तालिमको सेड्युल तयार पार्ने काममा जुट्यौँ । धेरैपछि जीवनोपयोगी सिपको बारेमा चर्चा गर्दै गर्दा केहि कुरा विर्सिए जस्तो पनि लाग्यो । यसरी हतारमै भएपनि हामीले सामान्य तयारी गर्यौँ । भोलीपल्ट अर्थात १३ गते विहान ६ बजे कलंकीमा भेट्ने सल्लाह गरेर घर जाँदा मुटुमा ढ्यांग्रो ठोकेको थियो । एक त विहान ड्युटि विना खबर घर पुग्न साँझ पारेकी थिएँ अर्कोतर्फभोलीका लागी विदा माग्नु थियो । आमालाई त दिउँसो फोन गरेर भोली हिड्ने कुरा बताइसकेकी थिएँ बालाई भन्न बाँकी थियो जुन त्यति सजिलो लाग्दैनथ्यो । दाईसँग घर गएकी थिएँ दाइले भोलीका लागी के के रेडि गर्नुपर्ने हो गर भनेपछि मैले बुवालाई जानकारी गराउनुपर्ने झमेला भएन । दाईको कुरा सुनेर आफै सोध्नुभयो काँ जाने भनेर मैले लम्जुङ्ग जाने भनेपछि ठूला आँखा झन ठूलो पार्दै एक तिर काम गर्छर्ेेर्कोतिर जान्छे भनेर कड्कीनुभयो जसलाई स्वाभाविक ढैगमा लिएँ । स्वस्वीकृति पाएँ ।

साउन १३ गते 
पर्ूव निर्धारित कार्यक्रम अनुसार विहान करिब सवा ६ बजे कलंकी पुगियो । लमजुङ्ग जाने हाम्रो टोलीमा हामी तीनजना थियौँ । नीरी दिवाकर र म । तीनैजना लगभग एउटै उमेरका । झट्ट हर्ेदा उस्ता उस्तै एउटा हरायो भने अर्को पनि हराउने खालका । हाम्रो टोली देखेर म आफैपनि छक्क परेँ । मनमनै यात्रा रमाइलो हुने सोचेँ केहि न केहि त पक्कै हुन्छ जुन सुनाउन लायक हुनेछ भन्ने सोचेँ र नभन्दै यात्राको सुरुवात त्यस्तै भयो । हाम्रो यात्राको कोअर्डिनेसन नीरीजनाले गरेकी थिइन । पहिलोपटक लमजुङ्ग जाँदै थियौँ । नीरीले सबै कामको जिम्मा लिएकी थिइन र उनले पाएको जानकारी अनुसार कलंकीबाट लमजु ङ्ग पुग्ने माइक्रो पाइन्थ्यो । त्यहि माइक्रो खोज्ने क्रममा कलंकीको चक्कर लाउँदा लाउँदा हैरान भएपछि फ्याट्ट भनी टोपलेँ हेर दिवाकर यो यात्राको चाहिँ गज्जबको यात्रा संस्मरण हुने भो बुझ्यौ । लेख्नर्ुपर्छ लेख है म पनि लेख्छु । धेरै बेर कलंकीमा रन्थनिदापनि माइक्रो नपाएपछि अन्तिम विकल्प हामीसँग गोंगबु जानुको थिएन । हामी गोंगबु लाग्यौँ र त्यहिँबाट करिब पौने ९ बजे लमजुङ्ग बेसीशहरसम्मको टिकट काटेर यात्रा आरम्भ गरियो । यहाँनेर फेरी एकपटक देवी निरिजना मात खाइछन् । उनलाई भनिएको रहेछ बेशीसहरको गाडिमा आउनु बाइसजंघार ओर्लनु उनले बेशीसहर सम्मकै टिकट काटीछन् । यो कुरा पछि बाइसजंघार पुगेरै थाहा पायौँ । करिब ४ घण्टाको बसको यात्रामा पुगियो तनहुँको बाइसजंघार ।
साँच्चै नेपाल राम्रो छ 
गाडी चढेर नागढुंगा कटेपछि त्यसैत्यसै काठमाण्डौँदेखि रिस उठ्यो । मनमनै साला काठमाण्डौँमा अब फर्किनु नपरेपनि हुन्थ्यो जस्तो लाग्यो । प्रत्येक पल्ट काठमाण्डौँ छोड्दा मलाई यस्तै लाग्छ । तीनै जना पहिलोचोटी संगै यात्रा गर्दैथियौँ । नीरिजनासँग पहिलेदेखि चिनजान भएपनि त्यति धेरै अनौपचारिक कुराकानी भएको थिएन । दिवाकरसँग पनि केहिसमयअघि मात्र एउटा कार्यक्रममा भेट भएको थियो र त्यति धेरै अनौपचारिक र औपचारिकनै पनि कुराकानी भएको थिएन । यो चार घण्टाको अवधिमा पनि खासै त्यति धेरै कुराकानी हामीबीच भएन । हाम्रो पर्ढाई, लमजुङ्ग पुगेपछि सेसन कसरी सञ्चालन गर्ने, लगायतका कुराकानीमा मात्र सिमित भयौँ हामी । पतर पतर बोलीरहनुपर्ने मेरा लागी एक प्रकारले सजाय पनि थियो त्यो । गाडीमा थोरै थियौँ हामी त्यसैले जो जता बसेपनि हुन्थ्यो सोहि अनुरुप हामी नीरी म एउटा र दिवा सँगैको अर्को सिटमा बस्यौँ कतिनो गफ गरिने जस्तो गरी । केहि समय त गफ गरेकै हो नी तर विषय प्रसंगै सकिएपछि कस्को के लाग्छ सबै चुप लाग्यौँ । देवी नीरीजना मेरो देब्रे कुमलाई शिरानी हालेर मस्त न्रि्रादेवीको काखमा पुगीन । दिवाकार पनि चुप बस्यो खै उसको मनमा के पाक्दै थियो । म भने दंग थिएँ कम्तिमा ७ दिन भएपनि काठमाण्डौँको भिडभाडबाट भाग्दै थिएँ । धेरैपछि फेरी एकपटक बाल्यकालतर्फर्फकदैँ थिएँ । अझ भनौँ केटाकेटी बन्दै थिएँ केटाकेटीको भिडभाडमा मिसिएर । गाडिबाट बाहिरको हरियाली डाँडा काँडा नियाल्दै जाँदा केहि समयअघि चितवन जाँदा गाडिमै भएको एउटा संवाद याद आयो र हाँसे एक्लै । कान्तीपुर टेलिभिजनको अनिल दाईले मधुसुदन दाईलाई जिस्काउँदै भन्नुभएको थियो मधु नेपाल साँच्चै राम्रो छ है ।
राम्रो छ नेपाल साँच्चै । साँच्चै राम्रो छ नेपाल । हरीयाली नियाल्दा आँखा पटक्कदै थाक्दैन । पर पर पहिरो खसेको देख्दा भने मन कता कता नरमाइलो हुन्छे । त्यो पहिरो संगै कतिको सपना खस्यो होला । यस्तै सोच्दै गुन्दै कतिबेला म आफैपनि निदाएँ पत्तो पाइन पछि खाजा खाने ठाउँ पुगेपछि बिउँझिएँ । यी बाहेक गाडिमा खासै स्मरणिय अरु केहि भएनन् ।
करिब साडे २ बजे हामी बाइसजंगार पुग्यौँ । थाहा थिएन तनहुँमा पर्छ यो ठाउँ भनेर । झर्ने वित्तिकै कराएँ हर्ेदा हर्ेर्दै लमजुङ्ग पनि पुगियो । हामीलाई लिन त्यहाँ पहिलेनै महिला आपसी सहयोग केन्द्र जसले यो तालिमको आयोजना गरेको थियो त्यसका प्रतिनिधि पुगिसक्नुभएको रहेछ । उहाँहरु मध्येकै एकजनाले भन्नुभयो कहाँ पुगिनु र लमजङ्ग यो त तनहुँ हो । अनी हामी त लमजुङ्ग जाँदै थियौँ हैन र -
हो लमजुङ्ग पुग्न एक घण्टा जति हिँड्नर्ुपर्छ । नभन्दै बाइसजंगारबाट झण्डै एक घण्टाको उकालो ओरालो तय गरेर पाँचभाई पुग्यौँ जहाँबाट हामी पुग्नुपर्ने ठाउँ जाने गाडी पाइन्थ्यो । बाटो काट्ने मेलो त चाहियो । हे भगवान कसैलाई केहि बोल्नै पर्दैन कि क्या हो । विहान कतिबेला हिँडेको बाटोमा बे भयो आदी औपचारिक कुरा भन्दा अरु केहि कुरै नहुने । बाटो काट्ने मेलो त चाहियो । मर्स्यांगदीको गहिर्राई नाप्ने नीरी र मेरो कुरा अरुलाई चित्त बुझ्यो बुझेन थाहा भएन मलाई भने हास्ने बाटो थियो । मुखै कक्रकिसक्या थ्यो हाँस्न नपाएर । उकालो चढदै गर्दा रुखका कुरा भए चौताराका कुरा भए । चौतारोमा बर हुन्छ की बर मुनी चौतारो - हावा चलेपछि पात हल्लिने हो की पात हल्लेपछि हावा चल्ने हो - जस्ता उट्पट्याङ्ग प्रश्न तेर्स्याउँदै उकालो काटियो । पाँचभाई पुगेर केहिबेरपछि गाडि चढ्यौँ जसले हामीलाई हाम्रो गन्तब्यमा पुरयाउँथ्यो । पहिलो चोटि गाडिमा मान्छे भन्दा बढी सामान देखे सायद । सिट पुरै खाली भएपनि छिर्ने ठाउँ नहुँदा अरु बस्नुपर्ने सिटमा टेकेर आफ्नो ठाउँ सुरक्षित गरियो । पछि सिट भरीएपछि यात्रुहरु सामान माथी माथी बस्न थाले । यो दृश्य सायद मेरा लागी नौलो थियो । क्यामेरा निकालेर फोटो खिचेँ । आब्यु के गर्या होला भन्यानी फोटो पो खिचिछन् । कस्तो होला भन्यानी । भन्दै सामानमाथि बस्ने दिदी लजाइँन । उप|mँदै उप|mँदै पुगियो तीन पिप्ले जहाँ म र नीरी झर्यौँ दिवाकरसँग छुटिएर । दिवाकरको कार्यस्थल कोल्की थियो जहाँ पुग्न कसैकोसँगै बस्न न भनाईमा तीन घण्टाको उकालो उक्लनु पथ्र्यो त कसैको भनाईमा दर्ुइ । फरक फरक मान्छेको फरक फरक समय । तीनपिप्ले झरेपछि थाहा भयो नीरी र म पनि सँगै बस्न नपाउनेरे महिला आपसी सहयोग केन्द्र मआसके की दिदी राधिकाले तपाईहरुको पनि आजैदेखि भान्छा छुटटै हो भनेर घोषणा गरीदिनुभयो । लौ पर्यो फसाद । नीरी तीनपिप्लेमै बस्नै भइछन् मैले भने अझै ४५ मिनेटको बाटो हिँडेर सातभाई पुग्नुपर्ने रहेछ । त्यो त तैविसेक ठीकै छ हिनम्ला मलाई अर्को खसखस त के कुरामा भयो भने मसँग सातभाई जाने दिदी को हुनुहुँदोरैछ चाल पाउन सकेकी थिइन । पछि थाहा भयो मसँग लालुमायाँ गुरुङ्ग दिदी जानुहुने रहेछ । उहाँको नाम मलाई भोलीपल्ट मात्र थाहा भयो परिचयका क्रममा मैले आफ्नो नाम मात्र भनेछु दिदीको नाम सोध्न बिर्सर्ेे । केहिबेर तीनपिप्लेमा थकाई मारेपछि  लालुमाया दिदी र स्थानिय एक भाई सन्तोष पराजुली सात भाइतिर लाग्यौँ । बाटोमा जाँदै गर्दा कता कता मेरो सातभाई बर्साई गज्जबको हुने अनुमान लगाएँ । किनभने लालु दिदी जोसँग म सातभाइतिर लाग्दै थिएँ उहाँको आवाज त मैले बाइसजंगारदेखि पाँचभाइ र पाँचभाइदेखि तीनपिप्लेसम्मको यात्रा अवधिभर सुनेकै रैनछु । तीनपिप्लेबाट सातभाइसम्म पुगिन्जेल पनि उहाँसँग खासै कुरा भएन । यो बीचमा हामीले चार वटा खहरे खोला तर्यौँ । मज्जा आयो । पानी पानी माथिबाट हिड्दा नलीना चित्रकारको गीत सम्भिmएँ पानी पानी भयो मेरो मन पनि ।  खोला तर्दा डर लाग्थ्यो तर खोला तर्दा तर्दा माहिर भइसकेका व्यक्तिहरुसँग भएकाले खासै डर लागेन । यस्ता खोला त कति तरिन्छ तरिन्छ भ्नदै खोला तरेँ । सातभाई पुग्दासम्म मैले लालु दिदीको एउटा विशेषता भने पत्ता लगाएँ दिदीलाई स्थानियबासीले निकै सम्मान गर्दारहेछन् । चक्रतिर्थ गाविसमा थियौँ हामी र चक्रतिर्थको फिल्ड मोबिलाइजर भएकाले पनि उहाँलाई स्थानियले खुबै सम्मान गर्दारहेछन् । सबैले उहाँप्रति दर्शाएको सम्मानले पनि केहि क्षण त मलाई अचम्मित तुल्यायो । हामी करिब ७ बजे सातविसे पुग्यौँ । सातविसेमा तमु दाईका नामले परिचित गुरुङ्ग  दाजुकामा बस्ने पर्ूव योजना रहेछ र हामी त्यहिँ बस्यौँ । खासै कुराकानी भएन ।
तालिममा पाँच दिन 
सायद लमजुङ्गको सातदिने बर्साई र काठमाण्डौँ छाड्दाको भन्दा स्मरणीय यी पाँच दिन भए । ६ देखि १० कक्षा सम्मका भाइबहिनी सहभागी थिए तालिममा । तालिम जीवनउपयोगी सिपको थियो । केहि नर्भस थिएँ । पहिलोपटक एक्लैले त्यो पनि पाँच दिनको तालिममा सहजीकरण गर्दैथिएँ । सन्तोष दाई र सन्जोग दाईलाई धेरै सम्भिmएँ । यसअघि जीवनोपयोगी सिपको तालिममा उहाँहरुको सहयोगमा मात्र सहजीकरण गरेको अनुभव मसँग थियो । मनमनै उहाँहरुसँग आशिर्वाद मागेँ र सोचेँ पक्कै मसँग उहाँहरुको आशिर्वाद छ । तालिमको औपचारिक सुरुवात भयो । परिचयात्मक कार्यक्रमबाट पहिलो दिन सुरु भयो । पहिलेका तालिममा भन्दा फरक बर्साई थियो । विद्यालयमा तालिम सन्चालन हुँदै गरेको हुँदा कक्षा कोठा प्रयोग गरिएको थियो र डेस्क बेन्च थिए । तीनै डेस्क बेनचमा सहभागी बसेका थिए । कक्षा कोठामा जस्तै अगाडिदेखि पछाडिसम्म सहभागी बसेका थिए । एकछिन त लाग्यो म कुनै स्कुलमा पढाउन पुगेकी छु र मेरो अब्जर्वेशन क्लास हुँदैछ । डेस्क बेन्चमा बसेका भाइबहिनी देख्दा आफु स्कुल पढ्दाको सयम याद आयो । म पनि यसैगरी बस्थे लास्ट बेन्चको कुनामा अनि हल्ला गर्थेँ । यसअघिका तालिममा भर्ुइमा कुशन ओछ्याइएको हुन्थ्यो र गोलो भएर बसीन्थ्यो जसले गर्दा एकले अर्कोलाई सजिलै देख्न सकिन्थ्यो तर यहाँ त्यो सम्भव थिएन । हत्तेरीका आफ्नै उचाईदेखि रिस उठ्यो । सहभागीहरु त म भन्दा पनि ठूला रैछन् । हे भगवान अब बेन्चमा बसौँ सहभागी सबैलाई देख्न सकिँदैन डेस्कमाथी बसौँ खै कुनि केले रोक्थ्यो । एकजना मित्रले भनेको कुरा याद आयो तिमी सबैकुरा आधा गर्र्छौ, आधा खान्छौ, आधा लेख्छौ आधा बोल्छौ मान्छे पनि आधा छौ । दिनभरी उभिएर तालिम सञ्चालन गर्नुपर्ने देखेँ । त्यो पनिठीकै छ । यहि सोचेँ । पहिलो दिन खासै अन्तर्त्रिmयात्मक रहेन । पहिलो दिन भएकाले होला सहभागीहरुपनि खासै खुलेनन् । प्रतिभा पर््रदर्शन गर्न भने पहिलो दिनदेखिनै कोहि लजाएनन् । सबै एक से एक । बाबा लोकगीत गाएर धुरुक्कै पारे । पहिलो दिन पछिका अन्य दिनमा भने ए बाबा एक छिन चुप लाग न भन्दा पनि नमान्ने स्थिति आयो । तर पनि उनीहरुको चटपटाहटलाई स्वीकारेँ । कहिले काँही उनीहरुसँगै आफुपनि हल्ला गर्नमा सहभागी भएँ कहिले रिसाएजस्तो गरेँ हास्न त कसैले रोक्नै पर्दैन थ्यो अनि भन्नै पर्दैनथ्यो ।
प्यारी सुजना विथ मिठो मुस्कान
परिचयका क्रममा उनले आफ्ना नाम भन्दा मैले मेरो बाल्यकालको एकजना साथी सम्झेँ । सुजना । उनीसँग मेरो भेट नभएको ८, ९ वर्षभइसक्यो । सुजना र मेरो उनका मावलीले मित लगाइदिनुभएको थियो । त्यसैले उनी मेरी मितिनी । मिठो मुस्कान सहितको सुजनालाई देख्दा मेरी रिसाहा मितिनी सम्झेँ , कहाँ होलीन् के गर्दै होलीन् । एकछिन विगतमा फर्किएँ । नर्सरीदेखि पाँच सम्म सँगै पढेर हामी छुटिएका थियौँ । मैले यहि कुरा यी सुजनालाई सुनाउँदा उनले मज्जासँग भनीन् अँ होला चाहिँ गफ दिने त होनी ।
म भन्दा धेरै हाँस्ने रुक्मिना 
पातली, तिखो आवाज, गाँजल पोतिएका ठूला आँखा, निधारमा रातो टिका नक्कल पार्न जानेकी । सुधानुपर्ने पक्षबारे लेख्न अहृाउँदा नक्कल पार्ने बानी सुधानुपर्नेछ भनेर लेखेकि थिइन । उनको यो भनाई सुनेर हाँसो थाम्न नसकेकी मेरा अगाडि उनको हाँसो त २४ घण्टामा २५ घण्टा छुटिरहनेरैछ । दाहिने फर्केनी हाँसेकी छिन् देब्रे फर्किँदा नी हाँसेकी छिन् । ए बाबा के हो कति हाँसेको पेटमा जुका चलिरन्छ की क्याहो भनी सोधेको झन सम्भिm सम्झी हाँस्न थालिन् । पछि भने तिमी त म भन्दा नी धेरै हाँस्दीरैछौ । लौ नानी त दंग परेर भन्दीरैछिन् वाउ अरुमा नजिते नी हाँसोमा जितेँ रे भो अब । लौ नसकिने भो तीमी हाँस्दै्र गर तर जुनपायो त्यहिबेला वीना कारण हाँस्दा अरुलाई पर्ने असरबारे ख्याल राख्नुभन्दा केहि भावुक भइन् । मेरो भनाईको असर पर्ने सोचेँ । के का पर्नु, है त भनेर पछाडि फर्केको के थिएँ पछाडीबाट हाँसोको फोहोरा छुट्यो । लौ ठीकै छ हाँस्नु स्वास्थ्यको लागी फाइदाजनक हुन्छ भन्ने सोचेर हाँस्न रोकिन । पाँचौ दिनसम्म आइपुग्दा उनले आफ्नो हाँसो नियन्त्रण गर्ने प्रयास गरिन् ।
 सिकुटे सन्तोष 
तीनपिप्लेबाट सातविसे पुगिन्जेल लालु दिदीसँग गरेको कुराकानीबाट उनी तालिममा सहभागी हुन पाएका थिए । क्लबले उनलाई तालिममा पठाएको नरहेछ । दिदीसँग तालिममा सहभागी हुने इच्छा व्यक्त गरेका थिए जसको प्रतिफल उनले मौका पाए । पातलो ज्यान, सानो कद, चर्को आवाज झट्ट हर्ेदा मैले उनमा आफ्नै प्रतिविम्ब पाएँ । फतर फतर बोल्नुपर्ने । अपेक्षा संकलनका क्रममा उनले आफ्नो अपेक्षा पत्रकारीताबारे जानकारी पाउने राखेका थिए । सबैको भन्दा फरक अपेक्षा थियो उनको । आफ्ना विचार प्रस्तुत गर्ने उनको आफ्नो छुट्टै शैली थियो । मान्छे सानो भएपनि आवाज ठूलो भएका कारण प्रस्तुतिकरणका क्रममा सबैको ध्यानकर्षा गर्न सक्थे । उनको अर्को विशेषता उनी राजनीतिमा पनि रुचि राख्थे । माओादी नेता बाबुराम भट्टर्राईका फ्यान रैछन् । भटर्राई प्रधानमन्त्री भए सबै समाधान हुन्छ भन्ने जस्तो कुरा गर्थे । जति उनले भटर्राईको तारिफ गरे त्यतिनै गाली प्रचण्डलाई गरे । राजनीत्रि्रतिको उनको लगाव देखेर उनकी आमा समेत आत्तिनुभयो । खानाको लागी तेस्रो दिन उनको घरमा जाँदा आमाले लौन नानी मैले भनेको पटक्कै मान्दैन सम्झाइदेर जानु भन्दा कसरी सम्झाउने अलमलमा परीयो । भविष्यमा पत्रकार बन्ने सोचेका उनले मसँग पत्रकारीताका लागि आवश्यक केहि टिप्स पनि मागे । मेरो लागी पनि खुशीको विषय थियो कोहि पत्रकार बन्न चाहने भेटेँ । यहि हुँदा हँदैपनि साहृै चटपटे सन्तोषले अन्तिम दिन एउटा प्रश्न गरे जसले कक्षा कोठामा नहाँस्ने कोहि रहेनन् । उनको प्रश्न थियो । दिदी मलाई त सबैले लामखुट्टे भन्छन् तपाईलाई के भन्छन् -
यी बाहेक अन्य सबै सुहभागी भाइबहिनीको सहयोगी, सौहार्दपर्ण् व्यवहारले मलाई नतमस्तक बनायो । चन्चले स्वेच्छा उर्फसर्ूजा, एग्रेसिभ गणेश, दिप्सन, सुजन, प्रेम, सृजना, विर्सन नसक्ने केहि नामहरु लमजुङ्गका । यीनै भाइबहिनीसँग भनौँ मेरा साना साथीहरुसँग मैले मेरो जीवनको पाँच उत्कृष्ट दिन बिताएँ जुन मेरा लागी सदाका लागी अविस्मरणीय रहनेछ ।
तालिमको अन्तिम दिन 
छिटो सक्नुपर्ने भएकाले जीवनोपयोगी सिपका १० मध्ये एउटा सत्र मात्र बाँकी राखेकी थिएँ तर अन्तिम दिन अघिल्लो दिनको बाँकी रहेको निर्ण्र्ााक्षमतालाई अझै लम्ब्याएँ । करिब ३ बजेतिर सबै सेसन सकियो । सहभागी भाइबहिनीमा आज छुट्टै प्रकारको चमलपहल थियो । खाजा खाने समयमा पनि कोहि कता कोहि कता व्यस्त थिए । म भने पाँचदिनसम्म मैले सिकाएको कुरा यीनले कत्तिको व्यवहारमा उतार्लान भन्नेमा अलमलिरहेको थिएँ । तालिमको समापनको समय भयो । आज लालु दिदी र म मात्र थिएनौँ मआसके का अर्का दर्ुइजना प्रतिनिधि र स्थानिय एक समाजसेवी पनि हुनुहुन्थ्यो । -नाम बिर्सिएको स्थिति )
पाँच दिनको अनुभव आदान प्रदान गर्ने धन्यवाद दिने क्रम चलीरहेको थियो । पालो मेरो आयो । पाँच दिन त धेरै बोले अब अन्तिम पटक बोलनुपर्ने थियो । के बोल्दा ठीक होला यो समयमा भन्ने सोच्दा सोच्दै लालु दिदीले बोल्न बोलाइहाल्नुभयो । लौ मार्यो । म अगाडि गए । पाँच दिन फिलीली बोलेकी मलाई अचम्मको डर लाग्यो । अगाडिदेखि पछाडीसम्म सबैलाई नियाले सबैलाई मलिन देखेँ । आज अन्तिम दिन भनेर सोच्नु भएको छ भने त्यो गलत हो । मेरो पहिलो वाक्य सुनेर सबै चकित परे । कतिले अझै सहनर्ुपर्छ तीम्लाई भन्ने सोचे होलान् । मैल मेरो भनाईको आशय स्पष्ट पारेँ हामीले ज जति कुरा  पाँच दिनमा सिक्यौँ ती कुरा अब हामी आजदेखि हाम्रो जीवनमा लागु गर्नेछौँ त्यसैले आज हाम्रो पहिलो दिन हो अब हाम्रो वास्तविक तालिम सुरु हुन्छ । यो मैले सन्तोष दाईको भनाई सापटि लिएकी हुँ जुन कुरा म कहिले विर्सन्न र सबैलाई यहि कुरा भन्ने गर्छर्ुु बोल्दा बोल्दै मेरो आँखा दाहिनेपटि चौथो बेन्चको कुनामा बसेकी सर्ुजामा पर्यो । निहुरीरहेकी उनी ठ्याक्कै के गर्दैथिन भन्ने ठम्याउन सकिन । मैले आफ्नो कुरा छिटो छिटो सकेँ । सबैको बोल्ने पालो सकिएपछि मायाको चिनो स्वरुप भाइबहिनीले  केहि उपहार दिए । माया आत्मीयता र सम्मान मिसिएर रातो अबिरले रंगाइदिए । खुशी लाग्यो । यो सम्मानले मैले यो पाँच दिनमा पक्कै राम्रो गरेँ भन्ने विश्वास भयो । फेरी धन्यवाद दिएँ सबैलाई, आँखा भरीएजस्तो भयो । नाचगानको कार्यक्रम गर्ने भाइबहिनीको योजना थियो । तदअनुरुप मैले आफैलाई तयार पारेँ । तर त्यो भन्दा अघिको दृश्य अहिले सम्भिmँदा पनि दौडँदै जाउँ अनि सबैलाई अंगालो हाल्ने मन भएर आउँछ । सर्ुजा जसलाई पहिले मैले बोल्दै गर्दा निहुरेको देखेकी थिएँ उनी त रुँदै पने रैछिन् । उनलाई नरुन त भने तर कसरी फकाउने मेसो पाइन नरोउ भन्दै पछि हटेँ । सबैलाई नाचगानका लागी बाहिर पठाइयो । अन्त्यमा लालु दिदी र म बाहिर निस्कियौँ । बाहिर त लौ रुवाबासी पो चलेको रैछ । हे भगवान यहाँ कोहि मर्यो - फ्याट्ट फुस्कियो धत्तेरी अपराधि मुख । सबै एक अर्कालाई अंगालो हाल्दै रुँदै थिए । के गरुँ कसो गरुँ भयो । रोएको मान्छेलाई फकाउन त मरेको जस्तै लाग्छ आफुलाई लालु दिदीको सहयोग मागेँ । लौ लालु दिदी त आफै पो रुन थाल्नुभएछ । एकछिपछि सबै साम्य भयो अनि नाचगान सुरु भयो दाहोरी चल्यो । हिजो अस्ति ५ बजे घर जान हतारिनेहरु आज जान मानिरहेका थिएनन् । करिब ६ बजे सबै सँग विदावारी भयौँ नमरी बाँचे खै कुनी केकेले साँचे अर्कोपल्ट भेटौँला भन्दै छुटियौँ । छुट्नुअघि भाइबहिनीलाई फोन नम्बर दिँदै फोन नगरे मरेपछि तर्सर्ाा आउँछु भन्दै कराएँ ।
तालिम अवधि बाहेकका समय 
विहान ११ बजेदेखि साँझ साढे ४ बजेसम्म तालिम सन्चालन हुन्थ्यो । त्यस बाहेका  समयमा मज्जाले घुम्ने मेरो इच्छा थियो तर लालु दिदीको लोकप्रियता त्यसको बाधक बन्यो । जब जब हामी घुम्न निस्कन्थ्यौँ तब लालु दिदी कसै न कसैको गफमा अल्भिmनुहुन्थ्यो र हाम्रो घुमाईले विश्राम पाउँथ्यो । फरी लालु दिदीको गफ निकै लामो हुने विट मार्नै पो नजान्ने हुन्की पनि लाग्ने कुनैबेला त । उहाँहरुबीचको गफ लाटाले पापा हेरे जस्तो हर्ेर्नु सुन्नु अनि बेला बेला हो हो भनेर टाउको हल्लाउनु भन्दा अरु विकल्प मसँग हुँदैनथ्यो । त्यसैले मेरो घुम्ने धोको पूरा भएन । विहान ७ बजे सम्म सुत्नु अनि दिउँसोको तालिमका लागी तयारी गर्नु र साँझ फेरी सुत्ने बेलाको पर्खाई गर्नुनै मेरो पाँच दिनको दिनचर्या बन्यो ।
बसले भित्ता चढ्दा
साउन १९ गते विहान ८ बजे चक्रतिर्थ गाविसको सातविसेलाई भाग्यले साथ दिए पछि फेरी आउने वाचा दिँदै गाडि चढ्यौँ । पाँचभाईसम्म पुग्ने सो गाडीको अन्तिम सिट खाली थियो । म लगायत लालु दिदी र मआसकेका अरु दर्ुइ प्रतिनिधि पनि पछाडीको सिटमै बस्यौँ । बस चढ्नुपनि हिड्नु भन्दा सास्तीको । खाल्टा खुल्टी, रोपाई गर्न मिल्ने हिलो बाटो त्यति मात्र नभएर साना ठूला खोला खोली । गाडिले खोला तरेको त पहिलो पटक अनुभव गरियो नै गाडि बाटोमा नगुडेर भित्तामा पनि गुड्न सक्छ भन्ने कुरा पनि थाहा पाइयो । बाटोमा एकठाउँमा निकै अप्ठ्यारो बाटो थियो । सबैलाई ओर्लन ड्राइभरले अनुरोध गरे त्यसै अनुरुप गाडिका सबै झरे हामी भने झरेनौँ हामी अर्थात चार जना मात्र गाडिमा थियौँ । ड्राइभरले भित्र बस्नेले दहृो गरी समाउनु है भने हामीले त्यसै गर्यौँ । लौ गाडि त उक्लँदै उक्लँदैन । बल्ल बल्ल उकाल्न खोज्दा पनि उक्लन सकेन । चार पाँच पटकको प्रयास पछि बल्ल बल्ल गाडिले हिलो बाटो छिचोल्यो । हामी भित्र बसेकाहरुको टाउको माथि छतमा ठोक्किन पुग्यो माथि राखिएका सामान सबै तल झरे झ्याल बाहिर हेरेको त गाडि बाटोमा नगुडेर भित्तामा चढेको जस्ता्े पो देखियो । मुटु त पेटमा झरे जस्तो अनुभव भयो । गाडि उकालेपछि दंग पर्दै ड्राइभरले सोधे भित्रका दाईदिदी त ठिकै हुनुहुन्छ नी -
गाडि भित्रै अर्को एउटा रमाइलो किस्सा भयो । चेपे नदी हर्ेन जाने मेरो रहर पूरा भएको थिएन । हिँड्दै पाँचभाई जाने भए नदी किनारै किनार हिड्न पाइन्थ्यो रे तर पाइएन । हिजो सातविसेबाट माथितिर जाँदा लालु दिदीले चेपे ऊ त्यता पर्छ भने दाहिनेतिर देखाउनु भएथ्यो । तर गाडिमा लालु दिदीले रुबिनाको चेपे हर्ेर्ने रहर पनि पूरा भएन भन्दै देब्रेति देखाउँदा म सोचमा परेँ । अरे हिजो दाहिने थियो आजकसरी देब्रे । धेरै सोचेपछि मुखबाट अनायास ठूलो आवाज आयो एएएएएए ........ । लालु दिदीले के भयो भनेर सोध्नु भयो । मैले चेपे कसरी दाहिने देब्रे पर्यो भनेर सोच्दै थिएँ बल्ल थाहा पाएँ भन्दा गाडिभित्रका सबै यात्रु मज्जाले हाँसेका थिए । ज्या भन्नु पो हुन्थेन की क्या हो ।
झण्डै ४५ मिनेटको गाडिको यात्रामा हामी पाँचभाई पुग्यौँ । अब डेढ घण्टा हिँडेर बाइसजंगार पुग्नुछ । त्इसपछि हाम्रो यात्रा लमजुङ्गको भोटेओडारतिर सोझिन्थ्यो । अब हामीसँग राधिका दिदी र निरिजना पनि थपिएका थिए । नीरिजना र म हाम्रो पाँचदिनको तालिमको समिक्षा गर्न थालेका थियौँ । सबै अगाडि लागेका थिए । हामी भने आफ्नै सुरमा गफ गर्दै अघि बढ्दै थियौँ । बाटोमा सजिवनको बोटबाट पात टिप्दै उडाउँदै हिँड्दा एकजना दिदीले पाँच दिनसम्म खेल्न नपाएका केटाकेटी आज बल्ल खेल्न  पाउँदैछन् भनेर व्यंग्य गर्दा हामी हाँसोको पात्र बनेका थियौँ । खेल्दै, हल्ला गर्दै, देखिएका दृश्य क्यामरामा कैद गर्दै करिब डेढ घण्टामा बाइसजंगार पुग्यौँ र त्यहिँबाट गाडि चढेर करिब ४५ मिनेटमा हामी भोटओडार मआसकेको अफिसमा पुग्यौँ जहाँ पहिलेनै दिवाकरहरु पुगी सकेका रहेछन् । हामी भने उनी आइपुगेका छैनन् भन्ने सोच्दै थियौँ तर उनी त दर्ुइघण्टा अघिनै आइपुगेका रे । अफिसमा सबैसँग सामान्य चिनाजानी गरेपछि खाना खाइवरी गुरुङ्ग पहिरनमा फोटो सेसन गर्ने काम भयो ।  करिब २ बजे हामीले लमजुङ्ग छोड्यौँ सबैसँग विदावारी भयौँ लमजुङ्ग र त्यहाँका भाइबहिनीकोे मिठो सम्झना बोकेर ।
अहिलेसम्मकै रमाइलो यात्रा रहृयो लमजुङ्गको यात्रा । गाउँमा पुगेर गाउँलेसँगै दिन बिताउने मेरो इच्छा पूरा भएको थियो । तर सोचे जस्तो विकट भने थिएन म बसेको सातविसे जहाँ पाँच दिनको बर्साईपछि मैले मेरो सातविसे भन्न थालेकी थिएँ एक प्रकारको अपनत्व कायम भयो सातविसेसँग । तमु दाईको पसलमा विहानको चिया पिउँदै गर्दा देखिने वरपरको दृश्यले एक प्रकारको् आनन्द दिन्थ्यो तर तमुदाईको पसलसँग जोडिएको स्कुलमा बाटामा पर्ने खोला खहरे तरेर टाढाबाट पढ्न आउने विद्यार्थी देख्दा भने नमिठो लाग्थ्यो । साउने भेल उर्लँदा पनि स्कुल आउनै परेको छ । खोलामा पुल हाल्न कतैबाट पहल भएको छ या छैन त्यो त जानीन तर एउटा कुरामा म पक्का भएँ वरपरको मनोरम दृश्यभित्र लुकेको छ यहाँको दुःख । प्राकृतिक दृश्यले घेरेको छ लमजुङ्गेलीको पिडा । प्रत्येक वर्षयुवा पलायन हुन्छन् यहाँबाट त्यसैले गाउँ लगभग सून्य छ । केटाकेटी र बुढाबुढी मात्र छन् गाउँमा र पनि खुशी छन् मेरा छोराछोरी राम्रो गर्दैछन् उन्नती गर्दैछन् शहरमा, सन्तोष छ उनीहरुमा । काठमाण्डौँमा भइरहेको प्रधानमन्त्री निर्वाचनलाई बकबास मान्छन उनीहरु । राजनीतिले केहि नदिएकोमा केहि गुनासो छैन किनकी सबैले बुझेका छन् हामी भोट बैंक हौँ ।

फर्केपछि
जसै १९ गते साँझ कलंकीमा उत्रियौँ भोलीपल्टदेखिको उहि रेगुलर सेड्युलमा चल्नुपर्ने कुरन सम्झेर एक मनलाई दिक्क लाग्नु त स्वाभाविक जस्तो भइनै हाल्यो त्यसमाथि लमजुङ्ग जानु अघि विदा लिँदा अब लामो समय सम्म विदा लिन नपाउने शर्त सम्झेर अरु दिक्क लाग्यो । कलंकीबाट घर पुग्दासम्म तालिममा सहभागी ३ जना बहिनीसँग फोनमा कुरा भयो । उनीहरुसँग कुरा गर्दा यीनीहरुले मलाई कहिलेसम्म सम्झेलान - मैले यीनीहरुलाई कहिलेसम्म सम्झुँला , कुनै दिन फेरी लमजुङ्ग पुगेँ भने म उनीहरुसँग भेटुँला या नभेटुँला, मैले सिकाएका कति कुरा यीनले आफ्नो व्यवहारमा लागु गर्लान् , कहिलेसम्म मैले उनीहरुको फोन कल पाइरहन्छु होला - यस्तै यस्तै प्रश्न मनमा खेलिरहे ।
सुरुमा भनेजस्तै कुनैपनि रमाइला क्षणका बारेमा लेख्न छुटाएकी छैन मेरो स्मरणशक्तिले भ्याएसम्म । 

Monday, August 30, 2010

राजमार्ग

तिम्ले कोरेको राजमार्ग खै कस्तो राजमार्ग पो कोर्योउ तिम्ले तिम्ले कोरेको त्यो राज्मार्ग्मा न तिमी आँफै हिन्न सक्योउ निर्धक्क सँग न हिन्न सके अरु कोही खै कस्तो राजमार्ग बनयोउ तिम्ले उल्झन, दोमान, अड्चन, अन्योल, थोरै निस्चितत अनिस्चितत कती कती, तिम्रो त्यो राज मार्ग खै गन्तबय्मा पुर्यौल!! एस्मा पनि अन्योल यात्रा सुरु नहुँदै ट्राफिक जाम सुरु भएको त्यो तिम्रो राजमार्ग

Saturday, August 28, 2010

मौन सम्बाद आफैसँग


मौन तिमी मौन म
हामी बीचको मौनता मेट्ने कस्ले
दूर तिमी दूर म
हामी बीचको दूरी मेट्ने कस्ले
सुन्य तिमी सुन्य म
हामी बीचको बौधिकता खोज्ने कस्ले
तिमी मौनतामा खाली मौनता देख्छौ
सम्बादहिनता पाउछौ, सन्नाटा पाउछौ
म मौनतामै सम्बाद पाउछु
बिचार बिमर्श तर्क बितर्क पाउछु
म मौनतामा आवाज खोज्छु
तिमी दूरीलाई दूरी मात्र देख्छौ
म दूरी भित्र निकटता
निकट्ताका लागि अनगिन्ती प्रयास
अनी बेग देख्छु
तिमी सुन्यमा अंक खोज्छौ
सुन्यलाई अन्त्य भन्छौ
म सुन्यमा सुरुवात खोज्छु
म सुन्यमा संसार देख्छु
सुर्य दिन चन्द्र रात सुन्यमा देख्छु
म सुन्यमा समय भेट्छु
प्रेमको मिठो कविता लेख्न बसेका भुपिले युद्धको घोषणापत्र लेखे जस्तो
मैले गरेको प्रेमको प्रस्ताव
तिम्रो लागि युद्धको आहोवान भयो
ठिकै छ तिमी प्रेमलाई युद्ध भन्छौ
म युद्धमा पनि प्रेम पाउछु
प्रेमका लागि युद्ध देख्छु