Saturday, August 28, 2010

मौन सम्बाद आफैसँग


मौन तिमी मौन म
हामी बीचको मौनता मेट्ने कस्ले
दूर तिमी दूर म
हामी बीचको दूरी मेट्ने कस्ले
सुन्य तिमी सुन्य म
हामी बीचको बौधिकता खोज्ने कस्ले
तिमी मौनतामा खाली मौनता देख्छौ
सम्बादहिनता पाउछौ, सन्नाटा पाउछौ
म मौनतामै सम्बाद पाउछु
बिचार बिमर्श तर्क बितर्क पाउछु
म मौनतामा आवाज खोज्छु
तिमी दूरीलाई दूरी मात्र देख्छौ
म दूरी भित्र निकटता
निकट्ताका लागि अनगिन्ती प्रयास
अनी बेग देख्छु
तिमी सुन्यमा अंक खोज्छौ
सुन्यलाई अन्त्य भन्छौ
म सुन्यमा सुरुवात खोज्छु
म सुन्यमा संसार देख्छु
सुर्य दिन चन्द्र रात सुन्यमा देख्छु
म सुन्यमा समय भेट्छु
प्रेमको मिठो कविता लेख्न बसेका भुपिले युद्धको घोषणापत्र लेखे जस्तो
मैले गरेको प्रेमको प्रस्ताव
तिम्रो लागि युद्धको आहोवान भयो
ठिकै छ तिमी प्रेमलाई युद्ध भन्छौ
म युद्धमा पनि प्रेम पाउछु
प्रेमका लागि युद्ध देख्छु

1 comment:

  1. मलाई त यो कविता कताकता देवकोटाको ‘पागल’ जस्तै लाग्यो नि त ! जे भए पनि यसले पनि दुई भिन्न दृष्टिकोणबीचको द्वन्द्वलाई समेटेको छ । राम्रो कविता लेख्नुहुने रहेछ । फेरिफेरि पढ्न पाइयोस् ।

    ReplyDelete