Friday, May 13, 2011

यस्तै उस्तै


लेख्नु त पर्ने हो केहि न केहि । जे सुकै भएपनि । जुनसुकै विषयमा भएपनि । लेख्नका लागी यतिका धेरै विषय छन् । आज त लेख्छु भन्यो । भोली त लेख्छु भन्यो लेखेको चै केहि हैन । लेख्नका लागी खासै मन लागेन कहिलेपनि । मनभरी धेरै कुरा भएपनि शब्दमा उतार्ने हृयाउनै आउँदैन । लेख्न बस्योकी शब्दहरु फर्ुरर उड्छन् कता कता । फूलमा बसीरहेकेा पुतली समाउन खोज्दा उडे जस्तो । हिउँदमा खोला खोली सुके जस्तो । सुख्खा । शब्दको खडेरी पर्छ । लेख्छु कहिले काँही कविता तर स्तरीय अहिलेसम्म लेख्न सकेको छैन । यो मेरा महान स्वीकारोक्ति । अब लेखनकै लागी मात्र के लेख्नु । लेखेपनि अल स्तरीय त हुनै पर्यो । आफैलाई चित्त नबुझ्ने लेखले अरुलाई कसरी चित्त बुझाउनु । हालसालै एकजना मित्रले फोन गरेर झपारे । किन लेख्दैनस् - हेर बोलेर केहि हुनेवाला छैन । लेख न त्यो कालो हिमालयन टाइम्सका लागी भएपनि लेख । लेखेर चाहिँ के हुने होला भन्ने सोचे रात गई बात गई तीनको कुरा । बोलेर केहि हुन्न भने लेखेर नी केहि हुन्न लौजा । कस्ता कस्ता धुरन्धरहरुले लेखेर त क्यै लछारपाटो लाग्न सक्या छैन म जाबोले लेखेर के नै हुन्छ र । झन रविन्द्र मिश्रको भूमध्यरेखा भित्रको अर्थहिनताभित्र अर्थ खेाज्दा पढेपछि त लेख्न भन्दा नलेख्न बढी हौसिए । के नै हुन्छ र नलेखेर । आकाश खस्दैन पहाड पल्टिँदैन । धेरै भयो यस्तो सोचाईले मनभित्र जरो गाडेको । लेख्नै आउँदैन । लेख्थेँ कहिलेकाँकी कनिकुथी अरुले दिएको विषयमा । के का लागी लेख्ने - लेख्न बस्यो की धेरै अगाडि एकजना सरले भनेको सम्झना आउँछ । एउटा वक्तृत्वकला प्रतियोगीताको तयारीका लागी सुरुमा निबन्ध लेख्न भनिएको थियो । धेरै घोत्लिँदा पनि सुरु गर्न नआएपछि सर काँबाट सुरु गर्ने भनेर सोधेको सरले आधाबाट भन्नुभयो । अब आधाबाट चै कसरी सुरु गर्नु । त्यसैले हत्तपत्त लेख्नै मन लाग्दैन । तर पछिल्लो केहिदिन यता जहिले साँझ अफिसबाट घर फर्किँदा दिमागमा अनेक कुरा आउँछन् । दिमाागमा फुरेका कुरा घर पुगेर लेख्छु भनेर सोच्न थालेको पनि जुग वित्न लागीसक्यो । घर पुगेर कम्प्युटर उघार्यो र्छलंग । कम्प्युटरको स्क्रीनले गिज्याउन थाल्छ । भुटिबांग केहि लेख्न आए पो । यसो लेख्न सुरु गर्यो दुइृ लाइन भन्दा बढी फर्ुर्दैन । अनि कसरी लेख्नु । तर अब यस्तो सोचेर समय खेर फाल्नुभन्दा दिमागमा जे आउँछ त्यसलाई शब्दमै उतार्ने जमर्को गर्ने भएको छु । चाहे त्यो जस्तो सुकै किन नहोस । आज नहि तो कल पढ्न लायक केहि लेखिन्छ होला नी ।

No comments:

Post a Comment