Friday, May 13, 2011

चितवनका केहि प्रसंग

प्रसंग १
उनको नाम महोम्मद रफि । काम माहुते । हात्तीमा पर्यटक चढाएर जंगल सयर गराउनु उनको दैनिकि । त्यस्तै करिब १५ वर्षभयो पेशा अंगालेको । मासिक ५ हजार कमाई । मासिक तलब थोरै छ र गृहस्थि चलाउन गाहृो छ, उनको गुनासो । वर्ल्ड फेमस पवनकलीकी माहुते रफी चाचा हात्ती चढ्नेले थोरै टिप्स दिए गुजारा चलाउन थोरै भएपनि सहयोग पुग्ने बताउँछन् । त्यसैले हात्ती सफारी गर्नेलाई रिझाउन उनी गीत गजल सुनाउँछन् । उनको आवाज पनि मिठो छ । रफीकै जस्तो । सुनसान जंगल । झार पातका खर्स्यार खुस्रुकलाई छिचोलदै रफी चाचा गुनगुनाउँछन् ।
सो साल पहेले मुझे तुम्से प्यार था
आज भि हे और कल भि रहेगा
उनी प्रायस रफीकै गीत गाउँछन् रे त्यसैले उनको नाम महोम्मद रफी राखिएको रे । फोटो खिचिदिन्छन् । चाउरी परीसकेको गाला हाँस्दा मुजा पर्छन् । निधारमा टल्केको पसिना घाँटीमा झुण्ड्याइएको गम्छाले पुच्छन् । हातमा बोकिएको लठ्ठीले बेला बेला हात्तीलाई पिट्छन् । देख्दा निर्मम लाग्छ तर हात्तीलाई आफ्नो अनुकुल हिँडाउन त त्यति गर्नै पर्यो । उनको दिनचर्या यसैगरी बित्छ । दैनिक सयौँलाई सुनाउँदा हुन रफी चाचा । रफीको सौ साल पहेले ।

************************************************
प्रसंग २
गते बार सबै बिर्सेर या पटक मज्जाले घुमियो । मोबाइल समेत स्वीच अफ राखेर वेपर्वाह हामी आफैमा हरायौँ । यसरी घुम्नुको अनि हराउनुको मज्जा बेग्लै । रमाइलो गर्नेबेला कसैले पनि अवरोध नपुरयायोस भन्ने हाम्रो एक मात्र उद्धेश्य । र पूरा पनि भयो । सौराहामा दोस्रो दिन हामी यसैगरी हरायौँ । विहान देखि सुरु भएको घुमघामले विश्राम लिन रातै कर्ुर्नुपर्यो । होहल्ला र हाँसो ठट्टामात्र समाविष्ट भएनन् यात्रामा । सून्यतामा आवाज खोज्ने प्रयत्न पनि भयो । ष्कितभलभम तजभ कयगलम या कष्भिलअभ । एकलासको सुनसान जंगलबीचबाट यात्रा गरीरहेका थियौँ । गाइड दाजुले यात्राको सुरुवातमै सुनाउनुभयो जंगलमा बाघसँगको जम्काभेटका प्रसंग । जंगलमा हल्ला नगर्न उदिै जारी भयो । आज्ञाकारी बालक जस्तै हामी उहाँको पछि पछि लाग्यौँ । पातपतिंगरको चर्याक चुरुक र हाम्र्रै सास बाहेक अरु केहि सुनिन्न थ्यो । टोलीमा रचना सबैभन्दा अगाडि । म सबैभन्दा पछाडी । यस्तै एउटा यात्राको कल्पना गर्थे म । दंग थिएँ । घरी घरी सोच्थे पछाडीबाट बाघ आयो भने । हा हा हा विचरा बाघले पनि दया गरेर छोड्छ मलाई त खाएपनि हड्डी केलाउन गाहृो पर्छ भनेर आफैँ हास्छु । यात्राभरी मैले मलाई धेरैपटक हाँसेको भेट्टाएँ । थ्रि इडियट्समा आमिर खान पहिलो दिन कलेजको क्लासमा दंग परे जस्तै । पहिला पहिला ऋषि मुनीहरु तपस्या गर्न जंगल त्यसै पस्ने गरेका हैन रहेछन् भन्ने पनि लाग्यो । तपस्यानै गरेर बस्ने सोच भने आएन । जंगल वाक का क्रममा गाइड बाहेक हामी ६ जना यसरी हिँड्यौँ मानौँ हामी जंगलमा एक्लै यात्रा गरीरहेका छौँ । पात पतिंगर र झार कुल्चँदा आएको आवाजबाटसमेत जिऊ सिरिंग हुन्थ्यो । अनि झस्किन्थ्यौँ । अगला अग्ला रुख । पतझड टेक्दै झण्डै डेढ घण्टा हिँड्दा निकै रोचक लागेको दृश्य धमिराले बनाएको पहाड । झण्डै ५ , ६ फिट अग्ला धमिराका पहाड थिए । कति समय लगायो होला धमिराले त्यो पहाड बनाउन । हिँड्दा कतै खर्स्याक खुस्रुक आवाज आए हामी टक्क अडिन्थ्यौ । मृग बाँदर सम्म देखियोे । बन कुखुराको अण्डा देखियो कुखुरा देखिएन । जंगलको बीचमा विश्राम गर्नकै लागी होला सायद टावर हाउस बनाइएको रहेछ । त्यसमा गएर एकैछिन विश्राम गरीयो । प्यास लागेको थियो । पानी भरेर लगेको बोतल रित्याइयो । अनि रचनाको गज्जबको प्रश्न सुनेर जंल थर्किने गरी हाँसियो । निकै पानी तिर्खा लागेको भएर गाइड दाजुलाई निकै गम्भिर भएर उनले सोधेकी थिइन दाई यता कतै पानी किन्ने ठाउँ छैन - लाग्छ ऊ कतै जंगलमा नभएर खुला शहरमा घुम्दैछ । अर्को पटक जाँदा त्यहि टावर हाउसमा बसेर उपन्यास पढ्ने योजना बनाएका छौँ ।

***************************************************
प्रसंग ३
नयाँ वर्षो दोस्रो दिन । स्थान चितवनको सौराहा । इडेन जंगल रिसोर्टको कोठा नम्बर -- बिर्सर्ेे) विहान करिब ८ बजे । कोठा लथालिंग थियो । यो पंक्तिकार सहित ६ जना एउटै कोठामा बसेका थियौँ । कोठा दर्ुइवटा बुक गरेपनि राती पल्लो कोठाको बेड समेत वल्लो कोठामा सारेर रमाइलो गरी टोपलेका थियौँ । त्यहि भएर पनि कोठा असामान्य ढंगमा लथालिंग भताभुंग थियो । सामान्यतया केटी मान्छेहरु बसेको कोठा सफा हुनर्ुपर्छ चिटिक्क परेको हुनर्ुपर्छ भन्ने मान्यता विपरित कोठा फोहोर थियो । सबै एउटै उमेरका हामीलाई त्यसको के मतलब । घरको कोठा त उस्तै परे आमाले सफा गरिदिनर्ुपर्छ जाबो होटलको कोठा सफा गर्न के खाँचो । तैपनि कोहि कोठा भित्र छिरिहाले कोठाको हालत देखेर ज्रि्रो टोक्ने स्थिति । कोठाबाट निस्कनु अघि मिठो छोटो बहस भयो दर्ुइजना साथीहरुबीच । हामी चार जना बहसको प्रत्यक्ष श्रोता दर्शक ।
पहिलो साथी ः हेर लाजमर्दो भयो हाम्रो कोठा । केटी मान्छे बसेको कोठा यस्तो फोहोर राख्नु हुन्न । म मिलाउँछु है । -छरिएको ब्ल्यांकेट , डस्ना मिलाउन थाल्छिन्)
दोस्रो साथी ः के केटी मान्छे नी । केटी मान्छे बसेको कोठामात्र फोहोर हुनुहुन्न भन्ने छैन बुझिस् । सफा गर्नेहरु केटाहरुले पनि गर्छन् ।
पहिलो ः तैपनि नी केटी मान्छे भएपछि सफा त गर्नुपर्छनी ।
दोस्रो ः म केटी हुँ मैले गर्नुपर्छ भनेर भन्दा पनि मलाई कोठा सफा गर्न मन लाग्यो मैले गरेँ भन् न ।
पहिलो ः हस माते म काठमाण्डौँ जिल्ला । फलानो गाविस वडा नम्बर यति निवासि फलानाकी छोरी । मलाई कोठा सफागर्न मन लाग्यो मैले गरेँ ।
दोस्रो साथी जेण्डरकी स्टुडेण्ट भएकाले केटा र केटी भनेर काम छुट्याइएकोमा आपत्ति जनाएकी थिइन् । बहस निकै रमाइलो लाग्दो थियो । बाँकी साथीहरुले के सोचे कुन्नि तर मैले भने ब्लगको लागी एउटा प्रसंग पाएँ ।
उनको कुरामा तत्काल कुनै प्रतिक्रिया त दिइँन तर उनको तर्क मन पर्यो ।
जेसुकै गर्दा रमाएर गरौँ । मैले यो गर्नुपर्छ यो मेरो काम हो भन्दा यो काम गर्दा मलाई खुशि लाग्छ सन्तोष मिल्छ त्यसैले म गर्छु । कसैले भाग लगाइदिएको र थोपरेको काम किन गर्ने यदि मलाई खुशी लाग्दैन भने । औपचारिकता मात्र किन निभाउनु - २१ औँ शताब्दीकी केटी मलाई एक्लै घुम्ने पर्ूण्ा स्वतन्त्रता छ भन्दै घुम्न चाहिँ जाने अनि काम भाग लगाएर गर्ने - यो त मुनासिब भएननी । -कोठा सफा गरेर कमजोर भइन्छ भन्न खोजेको चाहिँ हैन है फेरी )

1 comment:

  1. रमाइलो यात्रा प्रसङ्ग । तपाईँले साह्रै मोज गर्नुभएछ भन्ने लाग्यो । बिचरा, चेतनाजी, बिरामी परेर बोरै भएछ नि।
    एक ठाउँमा अङ्ग्रजीलाई नि नेपालीमै लेखिदिनुभएछ बुझ्नै गाह्रो ।

    ReplyDelete