बादल बनाइदेउ आकार बदल्न सकुँ....
गायक दिपक खरेलको आवाजमा सजिएको यो गीत तब तब सम्झन्छु जब जब आकाशमा बादलले
बनेका सुन्दर आकृतिहरु हेरेर म दंग पर्छु । त्यो बादल जस्तै हुन पाए त्यो
बादलहरुले जस्तै आकार बदलिराख्न पाए । के के पो हुन्थेँ होला म । हुन्थेँ मात्र
हैन पुग्थेँ पनि होला कहिले कुन आकाशमा कहिले कुन आकाशमा । तब न हरेक पटक बादलहरु
हेर्दै गुनगुनाउन मन लाग्छ । बादल बनाइदेउ आकार बदल्न सकुँ क्षमता दिलाइदेउ
ज्युँदै म जल्न सकुँ । खैर ज्युँदै जल्ने अभिप्राय त छैन तरैपनि बादल हुन पाए त
सूर्यको तापले ज्युँदै जल्न पाउनुपनि अहोभाग्यनै पो हुन्थ्यो होला ।
यो गितका बाँकी शब्दहरुमा लुकेका मर्म भन्दा पनि यतिबेला चर्चा बादलकै
मात्र गर्न मन लाग्यो । धेरै हैन झण्डै ६ ७ वर्ष मात्र भयो मलाई बादल मन पर्न
थालेको । त्यो भन्दा अघि नी मन पर्थ्यो होला तर खास याद गरिएन । जबदेखि याद गर्न
थालेँ तबदेखि याद नगर्न मन लागेन । हुन्छ नै त्यति मनमोहक हेरिरहुँ जस्तो उसँगै
संसार घुमिरहुँजस्तो आकार बदलिरहुँ जस्तो अनि बदलिरहुँ रंग जस्तो ।
सानोमा बादल हेर्दा आँखा धेरै झिमझिम गर्ने बानी लाग्छ भनेर हेर्न दिनुहुन्नथ्यो
आमाले अहिले त कस्ले रोक्ने < मन लाग्यो कि आकाशतिर आँखा कुदाइहाल्यो । कुनदिन आकाशले नि गालि गर्छ
होला कति हेर्या । शायद इर्ष्या पनि लाग्दो होला के त्यहि भएर पनि बेला बेलामा पानी
पर्छ अनि बादल हराउँछ । तर फेरी पानी परेपछिको बादलको कुरा के गर्नु < तारिफ करुँ क्या उसकी जिसने तुम्हे बनाया ====== है कसले बनायो होला बादलहरु मलाई पनि
बादल जस्तै बनाइदेउ न । तर बादल हेरेर लिएको मज्जा बादल भएर लिन पाइएला र <
मलाई पानी परेपछिको बादल पनि एकदमै मन पर्छ । ति सेता सेता सफ्फा सप्पै
मैलो पखालेर निख्रिएका जस्ता कपास जस्ता । होइन कपास भन्दा नि सेता । सिमलका
भुवासरी उडेका फुर्र फुर्र । राम्रा । हत्केलामा बोकेर डुल्नु जस्ता, कुद्दै गइ चुमेर फर्किम जस्ता । मेरा
यात्राहरुलाई निकै सहज बनाइदेका छन यी आवारा बादलहरुले । उ बेफिक्री घुमिदिन्छ म उ
जता जान्छ त्यतै हेरेर दंग । जब कतै जाँदा वा फर्किँदा सडक जाममा फसेर दिक्क
लागेको बेला झुक्किएर आकाशतिर आँखा पुग्यो भने आँखाहरु हाँस्छन् ओठका दुइ कुना तन्किएर आँखासम्म पुग्छन् ।
बादल पनि मुसुक्क हाँसिदिए जस्तो लाग्छ । मनमा बेग्लै तरंग आउँछ लाग्छ हेरेर
तिमीलाई जिन्दगी काट्न सक्छु म टाइपको फिलिङ के =====
धेरै पल्ट बादलका बदलिँदा रुप हेर्नकैलागि स्कुटर बाटोको छेउ लगाएर
कुर्ने गरेकिछु । यसरी त आफ्ना मान्छेलाई नी कुरिएन होला । तब न इर्ष्या गर्छन्
यतातिर नी आकाशले मात्र गर्ने त कता हो र ।
कयन पटक मैले आफुलाई उसँग सँगै हाँसीरहेको पाएकी छु कयन पटक उसलाई
मसँगसँगै रोइरहेको । कयन पटक मैले आफैलाई उसँग बत्तिएर कुद्दै गरेको पनि भेटेकी छु
। तर रोक्ने प्रयास गरिन सायद मैले खोजेको सपना भेटिपो हालिन्छ की के था बादल पारी
त सपनाहरु फूल्छन अरे ।
शहरको भिडभाडबाट दिक्क लाग्दा अनि जीन्दगिको भागदौडबाट एकैछिन विश्राम
लिन मन लाग्दा यो भिडमा पनि एक्लै हुँदा अनि मनले पटक्कै हाँस्न मन नगर्दा र
विछट्टै खुशि लाग्दा ति बादल नै त हुन् जोसँगै उडेर म पारीको संसारमा पुग्ने । सौम्य
शान्त आकाशमा आवारा भएर घुम्दै कोकोहोलो मच्चाएपनि ती सुन्दरनै देखिन्छन् ती
निश्चल नै देखिन्छन् । कालै भएर आकाशभरी मडारिँएर सबैतिर अँध्यारै पारेपनि कसैका
लागि आशाको ज्योति बनेर जगमगाइदिन्छ । कालो बादलको वरपर जब चाँदीका घेरा लाग्छन्
तब लाग्छ कोहि छ त्यहाँ पछाडि र लुकेर हेर्दैछ अनि पो आँखा जुधाइरहन मन लाग्छ । सूर्यको
राप र तापलाई छेक्दै जिस्काउँदै कैले सेतो कैले रातो कैले निलो कैले कालो जीवनका
रंगहरु बोलिदिन्छ । तबै त मनपराउन मन लाग्छ तबै त उसँगै उडिरहन मन लाग्छ बादल हुँ
म बादल हुँ भन्दै गाउँदै ======== J
[ some of my Clouds collection :) ]
English?
ReplyDeleteसुन्दर प्रस्तुति ❤️
ReplyDelete