Saturday, July 23, 2016

बादल बनाइदेउ आकार बदल्न सकुँ....

बादल बनाइदेउ आकार बदल्न सकुँ.... 

गायक दिपक खरेलको आवाजमा सजिएको यो गीत तब तब सम्झन्छु जब जब आकाशमा बादलले बनेका सुन्दर आकृतिहरु हेरेर म दंग पर्छु । त्यो बादल जस्तै हुन पाए त्यो बादलहरुले जस्तै आकार बदलिराख्न पाए । के के पो हुन्थेँ होला म । हुन्थेँ मात्र हैन पुग्थेँ पनि होला कहिले कुन आकाशमा कहिले कुन आकाशमा । तब न हरेक पटक बादलहरु हेर्दै गुनगुनाउन मन लाग्छ । बादल बनाइदेउ आकार बदल्न सकुँ क्षमता दिलाइदेउ ज्युँदै म जल्न सकुँ । खैर ज्युँदै जल्ने अभिप्राय त छैन तरैपनि बादल हुन पाए त सूर्यको तापले ज्युँदै जल्न पाउनुपनि अहोभाग्यनै पो हुन्थ्यो होला ।
यो गितका बाँकी शब्दहरुमा लुकेका मर्म भन्दा पनि यतिबेला चर्चा बादलकै मात्र गर्न मन लाग्यो । धेरै हैन झण्डै ६ ७ वर्ष मात्र भयो मलाई बादल मन पर्न थालेको । त्यो भन्दा अघि नी मन पर्थ्यो होला तर खास याद गरिएन । जबदेखि याद गर्न थालेँ तबदेखि याद नगर्न मन लागेन । हुन्छ नै त्यति मनमोहक हेरिरहुँ जस्तो उसँगै संसार घुमिरहुँजस्तो आकार बदलिरहुँ जस्तो अनि बदलिरहुँ रंग जस्तो ।



सानोमा बादल हेर्दा आँखा धेरै झिमझिम गर्ने बानी लाग्छ भनेर हेर्न दिनुहुन्नथ्यो आमाले अहिले त कस्ले रोक्ने < मन लाग्यो कि आकाशतिर आँखा कुदाइहाल्यो । कुनदिन आकाशले नि गालि गर्छ होला कति हेर्या । शायद इर्ष्या पनि लाग्दो होला के त्यहि भएर पनि बेला बेलामा पानी पर्छ अनि बादल हराउँछ । तर फेरी पानी परेपछिको बादलको कुरा के गर्नु < तारिफ करुँ क्या उसकी जिसने तुम्हे बनाया ====== है कसले बनायो होला बादलहरु मलाई पनि बादल जस्तै बनाइदेउ न । तर बादल हेरेर लिएको मज्जा बादल भएर लिन पाइएला र <
मलाई पानी परेपछिको बादल पनि एकदमै मन पर्छ । ति सेता सेता सफ्फा सप्पै मैलो पखालेर निख्रिएका जस्ता कपास जस्ता । होइन कपास भन्दा नि सेता । सिमलका भुवासरी उडेका फुर्र फुर्र । राम्रा । हत्केलामा बोकेर डुल्नु जस्ता, कुद्दै गइ चुमेर फर्किम जस्ता । मेरा यात्राहरुलाई निकै सहज बनाइदेका छन यी आवारा बादलहरुले । उ बेफिक्री घुमिदिन्छ म उ जता जान्छ त्यतै हेरेर दंग । जब कतै जाँदा वा फर्किँदा सडक जाममा फसेर दिक्क लागेको बेला झुक्किएर आकाशतिर आँखा पुग्यो भने आँखाहरु हाँस्छन् ओठका दुइ कुना तन्किएर आँखासम्म पुग्छन् । बादल पनि मुसुक्क हाँसिदिए जस्तो लाग्छ । मनमा बेग्लै तरंग आउँछ लाग्छ हेरेर तिमीलाई जिन्दगी काट्न सक्छु म टाइपको फिलिङ के =====


धेरै पल्ट बादलका बदलिँदा रुप हेर्नकैलागि स्कुटर बाटोको छेउ लगाएर कुर्ने गरेकिछु । यसरी त आफ्ना मान्छेलाई नी कुरिएन होला । तब न इर्ष्या गर्छन् यतातिर नी आकाशले मात्र गर्ने त कता हो र ।
कयन पटक मैले आफुलाई उसँग सँगै हाँसीरहेको पाएकी छु कयन पटक उसलाई मसँगसँगै रोइरहेको । कयन पटक मैले आफैलाई उसँग बत्तिएर कुद्दै गरेको पनि भेटेकी छु । तर रोक्ने प्रयास गरिन सायद मैले खोजेको सपना भेटिपो हालिन्छ की के था बादल पारी त सपनाहरु फूल्छन अरे ।
शहरको भिडभाडबाट दिक्क लाग्दा अनि जीन्दगिको भागदौडबाट एकैछिन विश्राम लिन मन लाग्दा यो भिडमा पनि एक्लै हुँदा अनि मनले पटक्कै हाँस्न मन नगर्दा र विछट्टै खुशि लाग्दा ति बादल नै त हुन् जोसँगै उडेर म पारीको संसारमा पुग्ने । सौम्य शान्त आकाशमा आवारा भएर घुम्दै कोकोहोलो मच्चाएपनि ती सुन्दरनै देखिन्छन् ती निश्चल नै देखिन्छन् । कालै भएर आकाशभरी मडारिँएर सबैतिर अँध्यारै पारेपनि कसैका लागि आशाको ज्योति बनेर जगमगाइदिन्छ । कालो बादलको वरपर जब चाँदीका घेरा लाग्छन् तब लाग्छ कोहि छ त्यहाँ पछाडि र लुकेर हेर्दैछ अनि पो आँखा जुधाइरहन मन लाग्छ । सूर्यको राप र तापलाई छेक्दै जिस्काउँदै कैले सेतो कैले रातो कैले निलो कैले कालो जीवनका रंगहरु बोलिदिन्छ । तबै त मनपराउन मन लाग्छ तबै त उसँगै उडिरहन मन लाग्छ बादल हुँ म बादल हुँ भन्दै गाउँदै ======== J






[ some of my Clouds collection :) ]



2 comments: