र म कवि भइन
ती शिरिषका फूल देख्दा
ती बादलका टुक्रा देख्दा
खोल्सामा बगेको पानी देख्दा
रिमझिम वर्षातमा
टट्यानपुर घाममा
डाँडा पाखा र हरियालीमा
कवि भइ उठ्ने मन
एका एक शिथिल शिथिल
अब शिरिष फूल्दैनन्
वर्षातले पोल्छ
खोल्सामा कमिलाका लस्करहरु गिज्याउँछन्
छ्या कति चिसो घाम
उफ ।।
सोचेको थेँ
भावनाका लहराहरु पर परसम्म पुर्याउने
सपनाका वृक्षहरु उमार्ने
संसारभरका शब्दका ठेलीहरुबाट
सुन्दर सुन्दर शब्द छानी
तीनै शब्दको बडेमानको पहाड बनाउनेछु
र त्यहिँ माथि विश्रामस्थल
अहो ।
कति सजिलै सबै उन्मादहरुले विश्राम लिए
मरुभूमिमा सपना फूल्दैनन्
अब सबै शब्दका ठेलीहरु बन्द गरेँ
भो छान्दिन
चाहिएन सुन्दर शब्द
मलाई कवि बन्नु छैन
यि भावना र हरफहरु पढ्दा, तपाईमा एक असल कविमा हुन पर्ने नितान्त बिशेषताहरु सबै छन् भनेर भन्दा फरक नपर्ला । पत्रकारिता संगै आफु संग भएको सिर्जना गर्ने शक्तिलाई पनि संग संगै अघि लैजान सुझाव दिन्छु । बाँकी तपाईको इच्छा :)
ReplyDelete