(धेरै अघि उसलाई सुनेको थिएँ । सुनेर धेरैपछि उसलाई शब्दमा उतारेँ । कति सफल भएँ कति असफल थाहा छैन । उसको कथाको सार यहाँ कति समेट्न सकियो त्यो पनि थाहा छैन । तर उसलाई शब्दमा उतार्दै गर्दा धेरै ठाउँमा अल्भिmएँ, भक्कानिएँ र खुशि भएँ । )
कुनै बेला मलाई लाग्थ्यो उसका सामु आइपर्ने हर चुनौतिलाई
ऊ आफ्नो सकारात्मक सोचको पाठ सिकाएर पठाउनेछ । हरेक चुनौति उसको त्यो आत्मविश्वास सामु
निरिह सावित हुनेछन् । तर कहिलेकाहिँ डर पनि उत्तिकै लाग्थ्यो जीवन प्रति यति धेरै
आशावादी हुनु पनि राम्रो हैन । कहिलेकाहिँ लाग्थ्यो यति धेरै आत्मविश्वास पनि राम्रो
हैन । मलाई के थाहा उसको त्यो आत्मविश्वास त्यो सकारात्मक सोच यसरी टुक्रिन्छ भनेर
। मलाई स्वीको समेत नदिई ऊ कतिखेर कमजोर भइसकेछ । मलाई कत्ति पनि विश्वास लागेको छैन
ऊ त्यहि व्यक्ति हो जसलाई म चिन्थेँ । मलाई विश्वास छ ऊ जीवन प्रति अझै पनि उत्तिनै
आशावादी छ जति ऊ पहिले थियो । कुनै बेला मलाई लाग्थ्यो यो संसारमा हारेर पनि खुशि हुन
जान्ने व्यक्ति सायद उनै होला । उसले जितका लागि वा सफलताका लागि मरिहत्ते गरेको मलाई कहिल्यै थाहा छैन । त्यसो त ऊ अझै पनि जितका लागि मरिहत्ते गर्दैन तर आफैसँग भने कहिल्यै नहार्नु भन्ने उसको सिद्धान्त थियो । र म यो परिवेशको साक्षि हुनु परेको छ जतिबेला ऊ आफैलाई जित्न कठिन प्रयास गर्दैछ । आफैँसँग नहार्ने प्रयत्न गर्दैछ ।
"मलाई मन भरी रुन मन छ । सबै आँसु रित्तिने
गरी डाँको छोडेर रुन मन छ ।" अनि साविक जस्तो फिस्स हाँस्यो
। तर दुःख पर्दा आफ्नै आँसुले पनि साथ नदिँदोरहेछ । आँखामा टलपलाएको आँसु देखिएला भनेर
टाउको घुमायो । आँसुलाई आँखाको डिल भन्दा बाहिर पोखाएन । घुटुक्क निल्यो अनि फेरी म
तिर हर्दै सदावहार हाँसो हाँस्यो । म भित्र सम्म चिसिएँ । मन भित्र नरामाइलो चिसो भयो
। म पनि चाहन्थे ऊ रोओस मनभरी रोओस......एक तमासको भएर बस्न थालेको
छ ऊ......कहिलेकाँहि त असहृय हुन्छ मलाई ऊ भित्र कता कता गाँठो
परेर बसिदिन्छ उसको सट्टा पनि म नै खुइय काटिदिम जस्तो लाग्छ ।"
"I hate
silence" भन्ने ऊ हिजो आज मौनतालाई प्रेम
गर्न थालेको छ । भित्र भित्रै मुर्मुरिरहेको हुन्छ । विना कारण कड्कीन्छ । अनि फेरी
हाँस्छ । लौ बौलाएछ कि क्या हो - झस्किन्छु
। हैन ठिक छ ।
ऊ दुःखेको छ । तर भन्दैन । किनकी उसलाई लाग्दो हो सब
उसमाथि हाँस्नेछन् । उसको पछिल्ला व्यवहारहरुले हिजोको उसको व्यक्तित्वमाथि प्रश्नचिन्ह
उठाउँदैछ । उ भित्रका optimist
personality र pessimist personality
बीच कडा अन्तरद्धन्द चलीरहेको छ अचेल । त्यो अन्तरद्धन्दमा
हमेसा optimist
thinker ले बाजि मारेको हुन्छ यसमा म
ढुक्क छु यदि pessimist
personality हावि हुँदो हो त ......
भन्ने कुरा लागु गर्न गाहृो हुन्छ भन्थे साँच्चै हो
रैछ । मैले अघि पनि भनेँ मलाई ऊ संसारकै सबैभन्दा खुशि व्यक्ति लाग्थ्यो । एक जना मित्रले
उनलाई भनेका पनि थिए तिमी हरेक समस्यालाई सहजै कसरी पन्छाउन सक्छौ " उसको जवाफ थियो सबै समस्याको समाधान हुन्छ
यदि समाधान गर्न सकिँदैन भने त्यो समस्या समस्यामा हैन तिमी आफुमा हुन्छ so take it easy think
creatively" .....तर अहिले
उसले आफैले लागु गर्न सकेको छैन । जुन कुरामा ऊ हमेसा सचेत रहृयो ऊ त्यँहि नेर चुक्यो
। ऊ कतिबेला चिप्लियो पत्तै पाएन । हिँड्दा हिँड्दा धेरै पर पुग्यो । उसलाई थाहा थियो
गन्तब्य त्यो हैन उसको...फर्किनुछ ...र
उसलाई विश्वास थियो ऊ फर्किनेछ सहजै फर्किनेछ ।
"Be ready for
any kind of consequences" भन्ने
ऊ आफै धेरै कुराका लागि तयार नरहेछ । I was never ready for this consequence"
उसले गला अवरुद्ध पार्दै भनेको वाक्य अझै कानमा गुन्जिरहेको
छ । "मलाई थाहा थियो म फर्किनुपर्छ
र म फर्कन तयार पनि थिएँ जसै मैले फर्किने तयारी गरेँ मैले realize गरेँ म धेरै टाढा पुगिसकेको रहेछु...." "अब मलाई फेरी पुरानै ठाउँमा
पुग्नुछ ....... त्यहाँसम्म पुग्दा बाटोभरी बिछ्याउँदै गएका सब
चिजहरुमाथि टेकेर फर्किनुछ । जाँदा फूल बिछ्याए जस्तो लागेको थियो तर अब फर्किँदा एक
एक फूल एक एक काँडामा परिणत भएका छन् । म तिनमा टेकेर कसरी फर्किन सक्छु - चाहन्थेँ म खुशी खुशी फर्किउँ । मलाई कत्ति पिडा हुनेछैन । तर मलाई थाहै नदिई
मन दुखिसकेको रहेछ । मलाई के थाहा मेरो आफ्नै मनले म माथि यत्रो विश्वासघात गर्नेछ
। बाटो बिराइसकेछ मैले सम्हाल्न सम्म पाइन । दुख्दिन भनेकै थियो । फेरी किन दुख्यो
-- वाचा गरेको थियो मसँग विराउँदिन बाटो भनेर फेरी......! अब जब फर्किने बेला आयो किन दुःख दिइरहेको छ -- के यो
मेरो आफ्नो मन हैन -- बैगुनी रैछ यो पनि ...म सोच्थेँ मेरा सामु आउने जस्तो सुकै परिस्थितिको सामना गर्न म हमेसा तयार
छु । तर मेरो यहि विचारले अहिले म आफैलाई चुनौति दिइरहेको छ । किन सोच्थेँ म त्यो सब
। म के कुनै अर्को ग्रहको मान्छे थिएँ र - हाँसो लाग्न थालेको
छ मलाई मेरो आफ्नै stupid
thoughts देखि ...." म अवाक भएर उसलाई सुनिरहेँ । धेरै
दिनपछि ऊ छताछुल्ल भइरहेको थियो ।
लामो सास फेर्यो अनि भन्यो "I'm ok…. m fine" अब म ति सब कुरा बिरसेर अघि बढ्छु मलाई कसैसँग कुनै गुनासो छैन
। मैले जे गरेँ त्यो तत् क्षणका लागि राम्रो थियो । म रमाएको थिएँ मन रमाएको थियो ।
अलिकति गुनासो म आफैसँग छ । म भित्र त्यति धेरै positive attitude किन जन्माएँ -- तर मलाई कुनै पनि कुराको पश्चाताप छैन । बस यत्ति हो फर्किँदा लागेको
चोटले मलाई मेरो सुदुर भविष्य सम्म पनि झस्काइरहनेछ । I am managing to be
happy J ....ऊ बोल्न छोडेको धेरै बेर सम्म पनि म उसलाई सुनिरहेँ...उसको मौनतालाई.....प्रतिक्रिया विहिन भएर......
...............
थाहा छैन उसले आफ्नो सुदुर भविष्य सम्म त्यो चोट बोकिरहन्छ
वा विगतलाई विदाई गर्छ अनि नयाँ सुरुवात गर्छ । हुन सक्छ ऊ यी कुरा सम्झेर भोली एकान्तमा
हाँस्नेछ वा रुनेछ ....मिठो भूल
सम्भिmनेछ वा रमाइलो बदमासी सम्भिmनेछ....म उसलाई विगत बिर्स भन्ने सुझाव पनि दिन्न किनकी सकिन्न त्यसो गर्न । हामी
हाम्रो विगतलाई नचाहेर पनि सँगै बोकेर हिँडछौँ र कहिलेकाँहि nostalgic हुन मन पराउँछौँ । समयले उसलाई यस्तो मोडमा पुर्याओस
जहाँ पुगेर ऊ निकै खुशि हुनेछ र उसभित्रको त्यो पूरानो पात्र जीवन्त हुनेछ । बाँकी
दुनियालाई नेपथ्यमा छोडेर फेरी ऊ आफ्नै पागलपनमा रामाउँछ । फेरी एकपटक उसले आफैलाई
प्रेम गर्न थाल्नेछ र जित्नेछ आफैलाई, आफ्नो विश्वासलाई ........शुभकामना J
पात्र लाई सब्दमा राम्रो संग भेट्न सकिन्छ, साएद पात्र जेठो छोरो हुनु पर्छ अक्सर जेठो छोरोलाइ यस्तै हुन्छ , मलाई आशा छ एकदिन उहा फेरी नया बाटो खान्नुहुने छ, सुभकामना "पात्र"
ReplyDeletemultiparty monologue!! Steady! :)) keep writing!!
ReplyDelete