Friday, February 14, 2014

त्यो दिन ..

तिमीलाई सम्झना छ कि छैन ?? 
क्षितीजको घामको त्यो न्यानो मुस्कान ?? 
अँ हामी भेटेको दिन 
याद छ ?? 
सिर सिर चलेको बतासले जोडेथ्यो 
तिम्लाई अनि मलाई 
तिम्ले मेरो अनि मैले तिम्रो
विश्वास जितेको दिन 
साँच्चै घामको त्यो प्यारिलो मुस्कान 
याद छ कि छैन ?
परको कुनामा तिमी 
र अर्को एउटा कुनामा म 
नजर जुधे, भावना जुधे
पहिलो दिन 
दोस्रो दिन 
तेस्रो दिन 
झाँगिदै गयो विश्वासको फूल
कैले घामले जोड्यो 
कहिले बतासले जोड्यो 
तिम्लाई अनि मलाई 
क्षितिजको घाम वर आएर हाँसेको याद छ ? 
ठिक पहिलो दिन जस्तै 
फरक यति थियो
तिमी म भएको थियौ
म तिमी भएको थिएँ
निकै लामो एउटा रेखा खुम्चिएर विन्दु भएथ्यो 
सपनाको आकाश फराकिलो भएको त्यो दिन 
सन्देहका बादलहरु हटेका थिए
विश्वासका घामहरु खुशिले अझै हाँसेका थिए
र निसंकोच हामी प्रेममा थियौँ :) :) 

1 comment:

  1. निकै लामो एउटा रेखा खुम्चिएर विन्दु भएथ्यो 
    सपनाको आकाश फराकिलो भएको त्यो दिन .............Love this lines keep it up

    ReplyDelete