उ त्यहाँ बाट जानु अघी पहिलेको जस्तै भएर गयो पहिलेको जस्तै चम्किलो अनुहार दिउसै तारा झिल्मिलाए जस्तो र थमाएर गयो एउटा सानो नोटबूक उ गएको धेरैबेर पहिलेको उ र अहिलेको उ बीच तुलना गर्दै बसेँ । उस्तै । परिवर्तन ...एउटा गाम्भिर्यता !! पहिले भन्दा अली भावुक, तर त्यस्तो नलाग्ने, उस्तै चट्पटाहट , चिटिर पिटिर । धेरै बेर पछी उस्ले थमाएको नोटबूक खोलें ! कस्तो आलु रछ जाबो दुइपन्ना त्यो पनि अन्तिम पातो मात्र पो रहेछ , अगाडिको पछाडिको कभरले पो मोटो भको रछ । अन्तिम पातो मात्र रहेछ
अन्तिम पातोको सार यहाँ उल्लेख छ....
.......................................
कति सजिलै गालि गरिन्छ वा तारिफ गरिन्छ है
समयको । केहि राम्रो भो समय, केहि नराम्रो भो समय, समयले यस्तो गरायो, समयले उस्तो गरायो ।
सजिलो बहाना हो समय जे सुकैको लागि जस वा अवजस दिनु । तर म समयको अवज्ञा गर्ने
मान्छे । मलाई समयले यहाँ पुर्यायो वा समयले यस्तो गरायो भन्न मन लाग्दैन भन्दिन ।
सबै कुराको सहि समय आउँछ त्यो आफ्नो ठाउँमा छ तत् क्षणमा के कस्तो कुरा हुन्छ वा
घटना हुन्छ त्यो पात्रमा निर्भर हुन्छ भन्नेमा म विश्वास गर्छु । कुनै बेला म एकदम
आशावादी मान्छे थिएँ । न भन्ने शब्द सके सम्म कतै कसैगरी उचारण गर्नु नपरोस भन्ने
पक्षमा रहन्थेँ ।
संसारमा केहि कुरा असम्भव छ जस्तो लाग्दैनथ्यो मलाई र हो पनि
केहि कुरा असम्भव पनि भएन । नसोचेका धेरै कुरा प्राप्त गरेँ । साँचेका र सोचेका
धेरै कुरा पाइएन र पनि खुशी रहेँ । धेरैको आश्चर्य र प्रश्न हुन्थ्यो तिमी यति
धेरै खुशि कसरी हुन्छौ << मेरो सरल जवाफ किनभने
मलाई दुखी हुन मन लाग्दैन । धेरै खुशि
रहेँ जतिबेला म optimistic थिएँ । असम्भव जस्तो लाग्ने हरेक विषयलाई फरक ढंगबाट सोचेँ र सम्भव बनाएँ । यसको मतलब म अहिले optimistic छैन भन्न खोजेको हैन । अहिलेपनि उत्तिकै optimistic छु तर अलि फरक ढंगमा । मैले आफ्नै लागि अलि
धेरै space create गरेको छु जुन पहिले थिएन । कुनैबेला आफुलाई भन्दा धेरै प्राथमिकतामा राखेँ आफु वरपरका व्यक्तिलाई, साथीभाईलाई, आत्मियजनलाई र आफैलाई
कम प्राथमिकता दिइयो । "never give importance to anyone
more that yourself because once that person becomes important you become nothing" मलाई यो
कोटेशन राम्रैसँग थाहा थियो र पनि खै कहिले ध्यान दिइएन वा दिनु आवश्यक ठानिएन ।
साँच्चै विस्तारै मैले आफुलाई आँफैबाट अलग्याउँदै लगेँ । म आफुलाई भन्दा बढी
अरुलाईनै प्राथमिकतामा राख्न थालेँ र नभन्दै आफुबाट टाढिँदै गएँ । निकै गाह्रो
हुँदो रहेछ छरीएको म लाई फेरी समेट्नु ।
समेटिएँ । कता कती अझै छरिएको हुँला विस्तारै समेटिनेछु । यति भइसक्दा पनि
म अझै भन्दिन यो समयको खेल हो वा समयको माग हो समयको अरु केहि । यो सब मेरो रोजाई
मेरो भोगाई । मेरो अपरिपक्वता, मेरो लहड ।
तर तत् क्षणमा जे गरेँ त्यो मेरा लागि सहि थियो । म खुशी थिएँ । मैले
आफैलाई वाइपास गरेर अरुलाई प्राथमिकतामा राखेँ त्यो मेरो कमजोरी वा अपरिपक्वता हुन
सक्छ गल्ति हुन सक्छ । जो मसँग टाढिए वा टाढिन खोजे वा जो मेरो आत्मियता वा मैले
गर्न खोजेको आत्मियताको गलत व्याख्यासँग तर्सिएर टाढिन खोजे त्यसमा उनीहरुको केहि
दोष छैन ।
आज म जे छु जस्तो हालतमा छु म नितान्त आफ्नै कारणले छु । कसैबाट म दुखेँ
हुँला,
मलाई कसैसंग रिस
उठ्यो होला तर त्यसमा पनि म त उनीहरुको गल्ति देख्दिन । मैले त्यस्तो व्यक्तिलाई
प्राथमिकतामा राखेँ जो कुनैपनि बेला मबाट टाढिन सक्ने ग्यारेण्टिका साथ उभिएका थिए
। मैले त्यस्ता व्यक्तिलाई प्राथमिकतामा राखे जसले कुनैपनि बेला मलाई आफ्नो
प्राथमिकताको सूचिबाट हटाउन सक्थे । हो गलत म हो जो जहिलेपनि अरुलाई खुशी भएको
देखेर खुशी हुन खोजेँ जसले आफ्नो स्वतन्त्र खुशीको लागि केहि गर्न सकेन । र दुस्प्रयास गरेँ अत्मियताको गलत ब्याख्या गर्ने । तर अब
अलिकति आफ्नै लागि बाँच्दैछु, अलिकति आफ्नैलागि नितान्त आफ्नै स्वार्थका लागि
हाँस्दैछु । कसैसँग गुनासो छैन । म कसैसँग रिसाएकी छैन रिसाउँदिन पनि । मन हो
कहिले काँहि दुख्छ । त्यो सम्हालिन नसक्नुको प्रतिफल भन्दा अरु केहि होइन । मैले
जोजतिलाई आफुभन्दा माथि राखेँ उनीहरु सँधै म भन्दा माथिनै रहन्छन् । अर्थात्
प्राथमिकता उस्तै छ । फरक यति हो यहाँनेर मैले आफैलाई पनि प्राथमिकतामा राख्न
सिक्दैछु । म हुनुको अर्थलाई अर्थपूर्ण बनाउन खोज्दैछु । चरम आशावादी भएर होइन ।
वास्तविकताको धरातलमा उभिएर केवल आशावादी भएर ।
हस्ताक्षर : माया
No comments:
Post a Comment