Friday, January 25, 2013

"टाढा कतै "



"टाढा कतै " भन्ने ठाउँ छ रे संसारमा
यहाँ भन्दा ज्यादै धेरै टाढा
त्यो "टाढा कतै"
हिमालको काखमा होला
वा हिमालको चुचुरोमा
सागरको किनारमा होला
वा समुन्द्रको टापुमा
त्यो जंगलको बीचतिर होला
वा मरुभूमिको एकान्तमा
त्यो "टाढा कतै"
त्यहाँ पक्कै मान्छेहरु नहोलान्
प्रश्नहरु नहोलान्
व्यंग्य र तिरस्कार नहोला
विभेद र लान्छना नहोलान्
छलकपट, धोका र अविश्वास नहोला
हो , तिमी पनि
तिमी पनि हुनेछैनौ
 तिम्रो वाद, सिद्धान्त,
आस्था, आदर्श
प्रेम र अहंकार
त्यो "टाढा कतै"
जहाँ म हुनेछु
मेरो स्वतन्त्रता हुनेछ
मसंग मेरो मुस्कान हुनेछ
मेरा पदचाप हुनेछन्
मेरो समय हुनेछ
म केवल "मेरो मात्र" हुनेछु
र धेरै परबाट पछ्याइरहेको हुनेछ
तिम्रो याद
तिम्रो मुस्कान !!!

1 comment:

  1. कती स्वार्थी भएर लेखानु भएछ आफ्नो मात्र सन्सार बनाउनु भएछ सार्है मिठो रचना

    ReplyDelete